
काठमाडाैं । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्ताे निर्णय गरेको हो ।
चुनावपछि गठबन्धनको याे पहिलाे बैठक हाे । बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल भएको बताइएकाे छ । बैठकले हाल कायम रहेकाे गठबन्धनकाे विकल्प खाेज्न नहुने निर्णय गरेकाे बैठकमा सहभागि एक नेताले बताए ।
उनका अनुसार गठबन्धनले संयुक्त वक्तव्य जारी गरी बैठककाे निर्णयबारे जानकारी गराउने छ । वक्तव्यमा चुनावमा सहभागी भएकोमा देशवासीलाई धन्यवाद दिइने र नयाँ सरकारबारे पनि धारणा सार्वजनिक गरिने जनाइएको छ ।
बैठकले गठबन्धनको पक्षमा अपेक्षाकृत नतिजा नआएको पनि निष्कर्ष निकालेकाे छ । गठबन्धनलाई निरन्तरता दिने गठबन्धनकै नेतृत्वमा सरकार बनाइने निर्णय गरेकाे छ ।