back

अमेरिकी द भ्वाइसको शिर्ष ८ मा पुग्न सफल पराजिता जिताउन एकजुट हुन अपिल

वि.सं.२०७९ मंसिर २० मंगलवार

198 

shares
NTC AD
Global IME AD

अमेरिका । एकपछि अर्को शानदार प्रस्तुति दिँदै अमेरिकी द भ्वाइसको शिर्ष ८ मा पुग्न सफल नेपाली मुलकी पराजिता वास्तोलालाई जिताउन सहयोगका लागि अपिल गरिएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यको सेभेर्ना पार्क शहरमा बस्दै आएकी द भ्वाइसकी पारिजिता बाँस्तोलाले अद्वितीय प्रस्तुति गर्न सफल हुँदै आएकी छन् । उनलाई अर्को हप्ता बिजयी बनाउनका लागि एकजुट हुन सबै नेपालीमा अनुरोध समेत गरिएको छ ।

सुरु देखि नै एकपछि अर्को प्रस्तुतिमा थप निखार ल्याउदै आएकी १७ बर्षिया बाँस्तोलालाई शीर्ष ८ बाट निर्णायक प्रतिस्प्रद्धा(फाइनल)मा पुर्याउदै विजयी बनाउन अ पिल गरिएको हो ।

अमेरिकी द भ्वाइसको २२ औ संस्करणमा बाँस्तोलाले सोमबार, डिसेम्बर ५, २०२२ का दिन राती ८ बजे सुरु भएको ८ प्रतिस्प्रद्धीहरुमा उनको प्रस्तुति अत्यन्तै राम्रो हुन पुगेको छ भने अन्य प्रतियोगीहरुको प्रस्तुति जारी रहेको छ ।

शीर्ष ८ बाट अन्तिम ५ औ स्थानसम्म पुर्याउन जनताको मतले सम्भव भएकोले सुरु हुनासाथ सबैलाई मतदान गर्न टिम परिजिता(टोली परिजिता) ले आह्वान समेत गरेकी छन् ।

मतदान डिसेम्बर ५ सोमबार राती अमेरिकी समय ८ बजे सुरु हुने र डिसेम्बर ६ बिहान ७ बजे मतदान गर्न सकिने बताइएको छ ।
अन्तिम अर्थात् फाईनल प्रतिस्प्रर्धामा पुग्ने प्रतियोगीहरुको घोषणा मंगलबार डिसेम्बर ६ को राती ८ बजे घोषणा हुने बताइएको छ ।
परिजिता जन लेजेन्डको टोलीमा छिन् । उनि द भ्वाईसमा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकी हुन् ।

परिजिताको समर्थनको लागि अमेरिकाको भ्रमणमा रहेका वरिष्ठ हास्य व्यंग्य कलाकार मदन कृष्ण श्रेष्ठ ,गायिका तथा संगीत अङ्किय दृश्य(म्युजिक भिडियो )को युवा निर्देशक सराना श्रेष्ठ, न्याकका अध्यक्ष डा मदन उप्रेती, इन्जाका अध्यक्ष गुणराज लुइँटेल, समता बिद्यालयका संस्थापक उत्तम संजेल सहितको उपस्थिति रहेको थियो ।

भर्जिनियाको एक चमेना गृहमा आयोजना गरिएको उक्त कार्यक्रमको संयोजन चन्द्र लामाले गरेका थिए ।

यसरी दिन सकिन्छ पराजितालाई मत

अमेरिका बाहिरबाट http://Nbc.com/voicevote मा गएर आफ्नो बिधुतिय डाक (ईमेल) प्रयोग गरी आफ्नो परिचय बनाएर (प्रोफाईल क्रियट) गरेर १० पटक सम्म मतदान गर्न सकिने छ भने अमेरिकाबाट App Store/ Play store मा ‘The Voice App’ डाउनलोड(अधोभारण) गरेर एउटा उपकरण (डिभाईस)बाट १० पटक सम्म मतदान गर्न सकिन्छ।

 

वि.सं.२०७९ मंसिर २० मंगलवार १२:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...