Logo
२६ माघ २०७९, बिहीबार
     Thu Feb 9 2023
E-paper
  English Edition
   Unicode
Logo

सानिमाको मोबाइल बैंकिङ प्रयोग गर्ने १८ जोडीले सौराहा घुम्न पाउने



काठमाडौं । सानिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुका लागि मोबाइल बैंकिङ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्नेछन् ।

यो जनामा सहभागी हुन ग्राहकले मोबाइल बैंकिङबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने छ जसमा २०० रुपैयाँ भन्दा बढी र कम्तिमा एउटा टपअप हुनुपर्नेछ ।

बैंकको अनुसार ग्राहकहरुले मोबाइल बैंकिङ एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटीलीटी पेमेन्ट, आदि जस्ता कारोबारहरु गर्न सक्नेछन् । यो योजना मंसिर २१ देखि पुस ९ गतेसम्म १८ दिनका लागू हुने बैंकले जनाएको छ ।

बैंकको अनुसार योजना अवधि भर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ मार्फत गरेका कारोबारहरुलाई समावेश गरिने छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेको बैंकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको