Logo
२६ माघ २०७९, बिहीबार
     Thu Feb 9 2023
E-paper
  English Edition
   Unicode
Logo

मंगलमका प्रोड्रेन पाइपहरु बजारमा



काठमाडौं । मंगलम इन्डस्ट्रिजले प्रोड्रेन पाइपहरु बजारमा ल्याएको छ । बजारमा प्रयोगको प्रकार अनुसार छुट्टा–छुट्टै किसिमको ड्रेन पाइपहरु उपलब्ध छन् ।

जस्तै भूमिगत जल निकासका लागि माटोको पाइप, फोहोर निकासका लागि बेग्लै पाइप, भेन्टिलेसनको लागि भेन्ट पाइप, वर्षाको पानी संकलनको लागि डाउनस्पाउट पाइपको प्रयोग गरिन्छ ।

मंगलम प्रोड्रेन पाइपहरु आईएसः१३५९२ अनुसार रिङफिट र सेल्फिट दुवैमा ‘टाइप ए’ र ‘टाइप बी’ गरी दुई फरक प्रकारमा उत्पादन छन् । ‘टाइप ए’का पाइपहरु भेन्टिलेसन र वर्षाको पानी संकलनमा प्रयोग गरिन्छ भने ‘टाइप बी’का पाइपहरु माटो र फोहोर निकासी अनुप्रयोगहरुका लागि प्रभावकारी हुन्छ । यी पाइप एकल सकेट र डबल सकेटका साथ विभिन्न लम्बाइ तथा विभिन्न आकारमा उपलब्ध छन् ।

मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ ।

नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । यसका सबै उत्पादन आईएसओ ९००१ः२०१५ प्रमाणित छन् भने मंगलमको सीपीभीसी, पीभीसी र एचडीपीई पाइप आईएसओका साथसाथै नेपाल गुणस्तर (एनएस) चिह्न पनि प्रमाणित छन् । यी उत्पादनहरु प्लम्बिङ पेसामा लागेका अनुभवी पेसाकर्मीहरुका साथै घर–धनीहरु र निर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइ भएको मंगलमको विश्वास रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको