Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

सानिमाले ल्यायो १८ सुविधासहितको जेनेरेसन सानिमा सेभिङ खाता



काठमाडौं । सानिमा बैंकले १८ औं वार्षिकोत्सवका अवसरमा १८ वटा सुविधासहितको जेनेरेसन सानिमा सेभिङ खाता सञ्चालनमा ल्याएको छ ।

उक्त खाता १८ वर्षभन्दा माथिका युवावर्गलाई लक्षित गरी ल्याइएको बचत खाता हो । शून्य मौजदातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, ई–कम कार्ड (पहिलो टपअप निःशुल्क), डिम्याट खाता र मेरो शेयर निःशुल्क जारी गरिनेछ ।

यसका साथै बैंकले निःशुल्क भेरिफाइड बाई भिसा दर्ता, निःशुल्क सी–आस्वा आवेदन, देशभरीका भिसा नेटवर्क एटीएममा मासिक ३ निःशुल्क रकम झिक्न सकिने र निःशुल्क ई–स्टेटमेन्ट सेवाको व्यवस्था पनि गरेको छ । यसका साथै विदेशी सटहीमा ०.१० पैसाको प्रिमियम/छुट, शैक्षिक कर्जा र अन्य कर्जाहरुको सेवा शुल्कमा ०.२५ प्रतिशत छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८ प्रतिशत छुट, स्विफ्ट र डिमान्ड ड्राफ्टको शुल्कमा १८ प्रतिशत छुट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८ प्रतिशत छुट दिने व्यवस्था ल्याएको छ ।

यस खाताले युवावर्गबीच बचत गर्ने बानी र डिजिटल बैंकिङको प्रयोगलाई बढावा दिने बैंकको विश्वास रहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३० कार्यालय र १२३ वटा एटीएम सञ्जाल सञ्चालनमा रहेको बैंकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको