
काठमाडौं । गाउँको उत्पादन सहरमा,सहरको पुँजी गाउँमा भन्ने अभियान अन्तर्गत गाउँ गाउँ सहकारी, घरघर रोजगारीलाई मूलमन्त्र बनाई मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारी मार्फत आम जनसमुदायलाई समेटी उद्यमशीलता विकास गर्ने र कृषि पेसालाई सम्मानित पेशाको रूपमा विकसित गराउने अभियान शुरु गरेको छ ।
पहिलो चरणमा स्याङ्जा, कास्की, तनहुँलाई केन्द्रविन्दु बनाई कार्य थालनी गरेको बैंकले हालै मात्र स्याङ्जाको हरिनाश गाउँपालिकामा दग्दी मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड कास्कीको माछापुच्छ«े गाउँपालिकामा माछापुच्छ«े मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड र तनहुँको भानु नगरपालिकामा मिर्लुङकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडको नाममा आम जनभेला मार्फत तदर्थ समिति गठन गरी स्थानीय स्तरमा सहकारी दर्ता प्रक्रिया अघि बढाएको छ ।
मुक्तिनाथ विकास बैंक लिमिटेड तथा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा आयोजित आम जनभेलामा सम्बन्धित गा.पा.तथा न.पा.प्रमुख, उपप्रमुख, वडाध्यक्ष, स्थानीय बुद्धिजीवी, समाजसेवी, कृषक, उद्यमी लगायत स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।