
काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/०७९ वर्षको मुनाफाबाट १३.१६ लाभांश दिने भएको छ ।
बैठकले १२.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ नगद गरी कुल १३.१६ लाभांश दिने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंक र सिद्धार्थ बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने बैंकले जनाएको छ ।
१२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ बैंकले हाल कायम चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले १४.२५ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ नगद लाभांश अघिल्लो वर्ष वितरण गरेको थियो ।