Logo
२६ माघ २०७९, बिहीबार
     Thu Feb 9 2023
E-paper
  English Edition
   Unicode
Logo

चिलिमे जलविद्युतको लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडाैं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार (मंसिर २० गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ६ अर्ब ७५ करोड १७ लाख ९५ हजार ६७५.२३ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ अर्ब १ करोड २७ लाख ६९ हजार २०१.३८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ७.६ प्रतिशतले हुन आउने ५० करोड ६३ लाख ८४ हजार ६००.६४ रुपैयाँबराबरको बोनस सेयर र ७.६ प्रतिशतले नै हुन आउने ५० करोड ६३ लाख ८४ हजार ६००.६४ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश अनुमोदन गर्न सञ्चालक समितिको बैठकले कम्पनीको २६ औँ वार्षिक साधारणसभाबाट आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको छ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ मंसिर २९ गते (पुस १ गते शुक्रबार र पुस २ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको