Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

मस्र्याङ्दीमा हिउँदको सुख्खा समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन



तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको मस्र्याङ्दी जलविद्युत् आयोजनाले हिउँदको सुख्खा समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्दै आएको छ ।

गत असोज महिनामा भएको अत्याधिक वर्षाका कारण नदीमा बढेको पानीको बहाव अहिलेसम्म पर्याप्त रहेकाले पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको हो ।

विगतका बर्षको यसै समयमा पानीको बहाव घट्दा ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको केन्द्रका इन्जिनियर जगदीश ढुङ्गानाले जानकारी दिए । यस आयोजनाको तीनवटा युनिटबाट २३ मेगावाटका दरले ६९ मेगावाट विद्युत् उत्पादन गरी बितरण हुँदै आएको उनले बताए ।
मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ पग्लेर आउने भएकाले नदीमा पानीको बहावमा खासै कमी नहुने सो केन्द्रले जनाएको छ ।

सहायक नदी र खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन पनि बढ्ने गरेपनि हिउँद महिनमा कम विद्युत उत्पादन हुने गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको