
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ निर्माण कम्पनीलाई ७ दिनभित्र लिखित स्पष्टीकरण माग गरेको छ ।
कार्यालयले मंगलबार एक सूचना जारी गर्दै विभिन्न निकायबाट ती कम्पनीलाई कालोसूचीमा राख्न माग गरे अनुसार कालो सूचीमा राख्न नपर्ने कारण खुलाई ३० दिनभित्र स्पष्टीकरण पेस गर्न आग्रह गरिए पनि कार्यालयमा नआएपछि यस्तो सूचना जारी गरेको छ ।
कार्यालयले गुण निर्माण सेवा हेटौंडा–११, (गुणराज पाठक) सिरुवा÷कविर÷सुनकोशी जेभी काठमाडौं (नारायण प्रसाद पराजुली), मुस्कान सप्लायर्स जानकी टोल पर्सा (समसुल हक मियाँ धुनिया), हेटौंडा–६ मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्स (रुपेश घिमिरे), अनुष्ठान कन्स्ट्रक्सन, बानेश्वर–१० काठमाडौं, .रोशन खड्का र रविन्द्र कुमार गौतम) सिरुवा कन्स्ट्रक्सन कम्पनी तिनकुने काठमाडौं, (दिनेश पौडेल) दिल्ली ट्रेडिङ वीरगञ्ज पर्सा, (रानी कुमारी रौनियार) र जय गढीमाई निर्माण कन्स्ट्रक्सन हर्दी चितवनका सिताराम चौधरीसँग कार्यालयले लिखित स्पष्टीकरण माग गरिएको सूचनामा उल्लेखछ ।