
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव बुधबारदेखि निष्क्रिय बनेको छ । संसद् सचिवालयका महासचिव भरतराज गौतमले राणालाई ‘क्लिनचिट’ सहितको पत्र दिएका छन् ।
आफूलाई कामकारबाही गर्न रोक नलगाउन माग गर्दै जबराले मंगलबार मात्रै संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको प्रतिउत्तरमा संघीय संसदका महासचिव डा। गौतमले निलम्बन फुकुवा गरिदिएका हुन् ।
उनको प्रतिउत्तरमा भनिएको छ, ‘महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधि सभामा पेश, प्रारम्भिक छलफल र महाअभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मंसिरमा नयाँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेकाले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शम्शेर जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु ।’
राणाविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ गठबन्धनका सांसदहरुले गत वर्षको फागुन १ मा प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता गराएका थिए । महाभियोग दर्ता भएसँगै राणा स्वतः निलम्बनमा परेका थिए ।
सम्बन्धित समाचार
महाभियोग निष्क्रिय, संसदको पत्रपछि अदालत जाने तयारीमा चोलेन्द्र