
काठमाडौं । अमेरिकी द भ्वाइसमा एकपछि अर्को सफलता प्राप्त गर्दैै शीर्ष ८ मा पुग्न सफल भएकी नेपाली मुलकी चेली परिजिता वास्तोलाको द भ्यवाइसको यात्रा शीर्ष ८ मै टुंगिएको छ ।
परिजिताले सोमबार सशक्त प्रस्तुति दिएपनि अन्तिम ५ औ स्थान भित्र पर्न भने सफल भइनन् । उनी फाईनल (अन्तिम चरण) बाहिरिनु परेको छ ।
मंगलबार भएको घोषणामा ८ मध्ये ४ जना बाहिरिएका थिए । बाहिरिएका मध्ये सबैलाई एकैपटक गीत गाउने मौका दिइएको थियो । चार जनाले गीत गाएको ५ मिनेट भित्रमा मतदान गर्न लगाईएको थियो । त्यसमध्ये सबैभन्दा बढी मत ल्याउदै एक जनालाई ५ औ स्थानमा अवसर दिदै अन्तिम ५ मा प्रतिस्प्रर्धामा सहभागी हुने मौका दिएको थियो । तर, परिजिता अन्तिम चरणमा प्रवेश गर्न नपाइ बाहिरीनु परेको छ ।