back

निर्माता सङ्घमा दीपकराज र रवीन्द्र मनोनीत

वि.सं.२०७९ मंसिर २१ बुधवार

201 

shares
NTC AD
Global IME AD

काठमाडौँ । नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत भएका छ् । निर्माता गिरीले छक्का पञ्जा सिरिजमार्फत नेपाली बक्सअफिसमा आफूलाई सफल बनाइसकेका छन् ।

यस्तै निर्माता बानियाँ पनि लगातार फिल्ममार्फत सफलता हात पारिरहेका छन् । उनको निर्मित चौथो फिल्म ‘महापुरुष’ प्रदर्शनरत छ भने रु १० करोड बढीको कलेक्सन घरेलु बक्सअफिसमै गरिसकेको छ ।

सङ्घको मङ्गलबार बसेको कार्यसमिति बैठकले उनी दुईलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको अध्यक्ष नवल खड्काले जानकारी दिए । “नेपाली फिल्ममा सफलता प्राप्त गरिरहेका दुई निर्मातालाई जोड्न पाउँदा खुसी लागेको छ, हाम्रो उद्देश्य नै क्रियाशील निर्माताहरूको सङ्गठन बनाउनु हो”, अध्यक्ष खड्काले भने, “हामी नेपाली फिल्मलाई प्रत्यक्ष रुपमा फाइदा दिनसक्ने योजना तयार गरिरहेका छौँ ।”

अध्यक्ष खड्काका अनुसार सोही बैठकले सङ्घका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय गरेको छ । योजनासहित सङ्घमा जोडिएको निर्माता बानियाँले बताए । “हाम्रो पेसागत हकहितको संस्थामा केही गर्न सकिन्छ भनेर जोडिएका हौँ”, निर्माता बानियाँले भने, “हाम्रो अनुभवले अहिले देखिएका निर्माताहरूको समस्या समाधान गर्न जुट्नेछौँ ।” सङ्घले हालै सम्पन्न निर्वाचनमा प्यूठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित फिल्म निर्माता रोज राणा र धादिङबाट प्रदेशसभामा निर्वाचित अर्का निर्माता मधुकुमार श्रेष्ठलाई बधाई ज्ञापनसमेत गरेको छ ।

 

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गण्डकीमा संसद बहिष्कार गर्ने कांग्रेसको निर्णय

गण्डकीमा संसद बहिष्कार गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको...

वैदेशिक रोजगारीका लागि साढे पाँच लाखले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीका लागि साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब...

यूएईविरुद्ध नेपालको कमजोर ब्याटिङ

यूएईविरुद्ध नेपालको कमजोर ब्याटिङ

काठमाडौँ । एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब...

रुखबाट खसेर युवकको मृत्यु

रुखबाट खसेर युवकको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको...

सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न मन्त्रालयको आग्रह

सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी...

अफ्रिकी किशोरीहरु भन्छन्-नेपाली भाषा र संस्कृति लैजान्छौँँ

अफ्रिकी किशोरीहरु भन्छन्-नेपाली भाषा र संस्कृति लैजान्छौँँ

काठमाडौँ । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा...