Logo
२६ माघ २०७९, बिहीबार
     Thu Feb 9 2023
E-paper
  English Edition
   Unicode
Logo

विमानस्थलको विस्तार र विकासमा ५ खर्ब लगानी



काठमाडौं । पछिल्लो समयमा नेपालको नागरिक उड्डयन क्षेत्र विगतको तुलनामा तिव्र गतिमा विकास भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको विस्तार, आधुनिककीकरण र सुरक्षाको विषयलाई विकास गर्दै लगेको छ ।
नेपालको अर्थतन्त्रको विकास गर्नको लागि नागरिक उड्डयनको प्रभावकारी ढंगले विकास गर्नुपर्ने विकल्प नरहेको र सो दिशामा प्राधिकरण लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवराम श्रेष्ठले बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा आयोजित एक कार्यशालामा बोल्दै मन्त्री श्रेष्ठले ‘एयर कनेक्टिभिटी जति प्रभावकारी अरु हुन सक्दैन’ भने ।

मन्त्री श्रेष्ठले नेपालले सिभिल सेक्युरीटी र सेफ्टीमा सम्झौता नगर्ने बताउँदै आइकाओले नेपालले नागरिक उड्डयनको क्षेत्रमा गरेको विकासलाई सकारात्मक रुपमा लिएको बताए । नागरिक उड्डयनको विकास भनेको पर्यटन क्षेत्रको लागि मात्रै नभएर सम्पूर्ण अर्थतन्त्रको विकासको लागि भएको उनको भनाइ छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो ५ वर्षमा प्राधिकरणले विमानस्थलको विस्तार र विकासमा ५ खर्ब लगानी गरेको छ । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीका अनुसार गौतमवुद्ध विमानस्थल, पोखरा विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा पछिल्लो ५ वर्षमा प्राधिकरणले १ खर्ब लगानी गरेको छ ।
गत वैशाखबाट गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी प्राधिकरणले गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि एकैपटक २ वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सफल भएको प्राधिकरणले जनाएको छ ।

उपयुक्त हवाई नीति विना हवाई क्षेत्रमा काम भइरहेको ईंगित गर्दै महानिर्देश अधिकारीले एउटै जिल्लामा ५ वटा सम्म एयरपोर्ट बन्न पुगेको बताए । महानिर्देशक अधिकारीका अनुसार बनेका एयरपोर्ट मध्ये २०÷२२ वटा एयरपोर्ट सञ्चालनमा आउन सकेका छैनन् । ‘अहिले निर्माण भएका २०÷२२ वटा एयरपोर्ट सञ्चालनमा आउन सकेका छैनन्, किनकी जहाज पनि छैन्, जहाज ल्याउने वातावरण पनि छैन्’, उनले भने । आगामी दिनमा हवाई नीति निर्माण गर्दा वृहत आर्थिक दृष्टिकोणबाट अध्ययन गरेर लेखिनुपर्ने उनको भनाइ छ ।

हवाई क्षेत्रको विकास भौगोलिक समावेशी मान्यताका आधारमा हुनुपर्ने मन्त्रालयका सचिव शुरेस अधिकारीको भनाइ छ । कतिपय एयरपोर्टमा टेक्स्ट फ्लाइट समेत नभएको विषय राख्दै उनले भने, ‘जियोग्राफी रिजनको आधारमा इन्कुल्सिभ हुन आवश्यक छ ।’ नेपालका एयरपोर्टहरु पछिल्लो समयमा सुधार हुँदै गएको सचिव अधिकारीले बताए ।

पछिल्लो समयसम्म नेपालले ४१ वटा देशसँग द्विपक्षीय हवाई उडान सम्झौता गरेको छ भने एउटा देशसँग मल्टिल्याट्रल सम्झौता गरेको छ । नेपालले हवाई उडान सम्झौता गरेका ४० वटा देशमध्ये १७ वटा देशमा उडान सञ्चालनको अवस्थामा रहेको छ भने २३ वटा देशमा उडान हुन सकेको छैन् ।

गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थललाई मध्येनजर गरेर पछिल्लो समयमा सरकारले कुवेत र युएईमा सम्झौता संशोधन गरेर क्षमता विस्तार गर्ने पहल गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटीसी अफिसर मुकेश डंगोलले आफ्नो कार्यपत्रमा सो कुरा उल्लेख गरेका थिए । उनको कार्यपत्रअनुसार सरकारले इन्डोनेसिया, स्विट्जरल्यान्ड, रुवान्डा र अमेरिकामा द्विपक्षीय उडानको सहमति गर्न लागेको छ । जसको लागि पत्रचार लगायत आवश्क प्रकृया अगाडि बढेको छ ।

नेपाल आइकाओको सदस्यको रुपमा सन् १९६० देखि रहँदै आएको छ, तर अहिलेसम्म सो सँस्थाको काउन्सिल सदस्य बन्ने पहल प्राधिकरणले कहिल्यै गरेको थिएन् । आगामी दिनमा भने आइकाओको काउन्सिल सदस्य बन्नको लागि प्राधिकरणको व्यवस्थापनको तर्फबाट पहल भएको प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको