
काठमाडौँ । नाम उस्तै उस्तै हुँदा पनि कहिलेकाहि अनाहकको झमेलामा परिन्छ भन्ने उदाहरण बनेको छ, मञ्जुश्री फाईनान्स । मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था डुब्दै भन्ने समाचारको असर बानेश्वरमा केन्द्रीय कार्यालय रहेको मञ्जुश्री फाइनान्स लिमिटेडलाई परेको छ ।
फाइनान्सकी अध्यक्ष इन्दिरा पण्डितका अनुसार आफूलाई मञ्जुश्री त डुब्दै छ रे, के हो भनेर मान्छेहरुले फोन गर्ने गरेको बताउँछिन । उनी भन्छिन समाचार छ अर्को सहकारीको फोन आइरहेको छ हामीलाई, मान्छेहरु पनि समाचारको यथार्थता नबुझी त्यसै आशंका गर्दछन ।’ मञ्जुश्री फाइनान्समा त्यस्तो कुनै समस्या नभएको उनी स्पष्ट पार्दछिन् ।
तर पनि यो समाचारको प्रभावले शेयर मार्केटमा मञ्जुश्री फाइनान्सलाई असर गरेको देखिन्छ । बोनस शेयर घोषणा गर्ने बेला बजारमा फैलिएको यस्तो हल्लाले यसको शेयर मूल्य घटिरहेको छ । फाइनान्स कम्पनीमा राम्रो रहेको यसले गतवर्ष राम्रो बोनस घोषणा गरेको थियो । काठमाडौँको गोकर्णेश्वरमा रहेको मञ्जुश्री ऋण तथा बचत सहकारी संस्थाले प्रवाह गरेको कर्जा उठाउन नसकेपछि सो संस्था समस्यामा परेको समाचार सार्वजनिक भएको थियो ।