Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

एमालेको अनौठो चाल : सत्तामा नजाने तर, देउवालाई सहयोग गर्ने



काठमाडौं । नेकपा (एमाले)का निम्ति हालको सत्ता गठबन्धन निकै टाउको दुखाईको विषय बनेको छ । चुनावी परिणामपश्चात पनि गठबन्धन नभत्किने र थप अन्य शक्ति पनि जोडिने अवस्था बनेपछि एमाले समस्यामा परेको हो ।

चुनावबाट बहुमत नआए पनि हालका सत्ता साझेदार दलहरुले गठबन्धनलाई कायमै राख्ने निर्णय गरेका छन् । चुनावी समिक्षा गर्न औपचारिकरुपमा सोमबार बसेको सत्ता साझेदार दलहरुको बैठकले गठबन्धन कायमै राख्ने मात्रै नभई सरकार पनि गठबन्धनकै बनाउने निर्णय गरेका छन् ।

बैठकपछि जारी दलहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ, “सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ । मुलुकका सामु विद्यमान चुनौतिहरुको सामना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ । निर्वाचनले नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको छ ।”

सत्ता साझेदार दलहरुले निर्वाचनबाट बहुमत भने हाँसिल गरेका छैनन् । गठबन्धनभित्र रहेका चार दल (नेपाली कांग्रेस, माओवादी केन्द्र), एकीकृत समाजवादी र जनमोर्चा)ले १३२ मात्रै सिट प्राप्त गरेका छन् । तर, दलहरुले बहुमत पु¥याउन जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसँगै जसपा र लोसपालाई पनि सहभागि गराउने रणनीति बनाएका छन् ।

प्रत्यक्षमा एक र समानुपातिकमा ५ सिट ल्याएको जनमत पार्टी सत्ता गठबन्धनसँगै सरकारमा सहभागि हुन इच्छुक देखिएको छ । प्रत्यक्षमा ४ सिट जितेको लोसपा पनि सत्ता गठबन्धनसँग सहकार्य गर्न इच्छुक छ । यता, प्रत्यक्ष र समानुपातिक गरि १३ सिट ल्याएको जसपाले पनि एमालेसँगको गठबन्धन तोेडेर सत्ता गठबन्धनसँग सहकार्य गर्ने प्रयत्न गरेको छ । चुनावी नतिजा लगत्तै जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको सहकार्य सकिएको घोषणा गरेका थिए । तर, यद्धपी जसपाले औपचारिक निर्णय गर्न सकेका छैनन् ।

यदि जसपा बाहेक जनमत पार्टी र लोसपा मात्रै सत्ता गठबन्धनमा मिसिए पनि गठबन्धनकाे पक्षमा सहज बहुमत अर्थात् १४२ सिट पुग्नेछ । जुन सरकार सञ्चालनका लागि सहज बहुमत हो । यदि १३ सिटे जसपा मिसिएमा गठबन्धनकाे पक्षमा १५५ सिट पुग्नेछ ।

सत्ता साझेदार दलहरु गठबन्धनलाई कायमै राख्ने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने कसरत गरिरहेका बेला चुनावी नतिजाबाट ७८ सिटसहित दोस्रो ठूलो दल बनेको नेकपा (एमाले) भने गठबन्धन भाँड्ने र नयाँ गठबन्धन निर्माण गर्ने योजनामा जुटेको छ । एमालेले कांग्रेसलाई सत्ता सहकार्यको निम्ति प्रस्ताव पनि गरेको छ ।

एमालेले सरकारमा रहेर वा बाहिरै बसेर पनि सहयोग गर्न सकिने बताएको छ । एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे अहिलेकै गठबन्धन कायमै रहनु देशका लागि दुर्भाग्य हुने बताउँछन् । गठबन्धन कायमै रहने सम्भावना पनि नरहेको उनको भनाई छ । तर, एमाले कांग्रेसलाई सघाएर सरकार सञ्चालन गर्ने पक्षमा रहेको उनले बताएका छन् ।

“अहिलेको गठबन्धन कतिञ्जेल टिक्ला त्यो निकै गाह्रो छ, यो गठबन्धनले राजनीतिक स्थायीत्व दिन सक्दैन, त्यसकारण जुनसुकै बेला अप्ठ्यायो अवस्था आउन सक्छ”, उनले भनेका छन्, “हाम्रो सिधा कुरा, अप्ठ्यारो आउँदा हामी सघाउन तयार छौं, हाम्रो सुरुदेखिकै लाईन यही हो ।”

एमालेको प्रस्ताव अन्य दललाई समेट्नेभन्दा कांग्रेस र एमाले मिलेर सत्ता चलाउने भन्ने पनि छ । धेरैबीच सहमति गर्नभन्दा दुई दलबीच सहमति खोजेर अगाडि बढ्नु उपयुक्त हुने प्रस्ताव एमालेले राख्दै आएको छ ।

यदि एमालेको प्रस्तावअनुसार कांग्रेस तयार भए अन्य दललाई बाहिरै राखेर पनि दुई दलको सहज बहुमतको सरकार निर्माण हुनसक्छ । कांग्रेसको पक्षमा ८९ सिट छ भने एमालेको पक्षमा ७८ सिट छ । यदि दुई दल मिले संसदमा दुई दलको मात्रै सिट १६७ हुनेछ । जुन करिब दुई तिहाई नजिक हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको