Logo
१५ माघ २०७९, आईतवार
     Sun Jan 29 2023
E-paper
  English Edition
   Unicode
Logo

कोराना सकिए तापनि अझै आलै छ कोरोनाले बनाएको घाउ…



लुम्बिनी । सीमा सिल थियो, आवागमन कहिले खुल्ने ? थाहा थिएन । जीविकाको एकमात्र स्रोत डुङ्गा पनि बन्द भएपछि खेदू मल्लाहलाई दुई छाक टार्न धौधौ भएको थियो । खेती गर्ने जग्गा जमिन थिएन । पचपन्न वर्षीय मल्लाहको एउटै चिन्ता मात्र थियो, गुजारा चलाउने कसरी ?

स्थायी घर नभई नदी छेउमा टहरा बनाई बसेका पाँच नाबालिकाका बुवा सिरी डोमले पनि कतै श्रीमती गेनासँगै वैकल्पिक रोजगारी पनि पाउनु भएन । भोकभोकै हुनुपरे पनि लालाबालाको पेट पाल्न मागेर गुजारा चलाउन खोजे पनि महामारीको बेला माग्न जाँदा कोरोनाको डरले लालाबाला भोकभोकै हुनुपरेको थियो ।

जिल्लाको पहिलो कोरोना सङ्क्रमित कृष्ण पासी कोरोनालाई जित्न सफल भए तर बिहान–बेलुका छाक टार्न गाह्रो थियो । भारतको दिल्लीमा गार्मेन्ट कम्पनीमा १० वर्षदेखि गर्दै आएको सिलाइकटाइको काम छाडेर आउनुपर्दा बेखर्ची हुनुपरेको थियो । बिरामी आमाको उपचारको भार उनीमाथि थियो ।

खेदू मल्लाह, सिरी डोम र कृष्णा पासी त विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रत्यक्ष मार खेपेका केही प्रतनिधि पात्र हुन् । खासगरी दिनभरि काम गरेर साँझ–बिहान हातमुख जोर्नुपर्ने अवस्थाका न्यून आयस्तरका मानिसलाई निकै समस्या थियो । धेरैको रोजगारी गुमेको थियो भने उद्योगी व्यवसायी पनि नराम्ररी प्रभावित बनेका थिए । मर्चवारी गाउँपालिकाबाट वैदेशिक रोजगारीमा गएका झण्डै एक हजार सात सय युवा घर फर्किएका थिए भने सम्मरीमाई गाउँपालिकामा आठ सय २५ जना पनि रोजगारी गुमेपछि गाउँ फर्किएका थिए ।

खेदूको जीविकाको एकमात्र स्रोतको रूपमा रहेको नदीमा मान्छे ओसार्ने अर्थात् डुङ्गा व्यापार पनि बन्द भएपछि दुई नाति–नातिना र छोरा–छोरीसमेतलाई पढाउने र पेट पाल्ने चिन्ताले पिरोल्न थाल्यो । कोरोना महामारी कम भएपछि पनि उनकोे व्यवसाय चल्न सकेको छैन । उनकोे डुङ्गा अहिले सोही ठाउँमा प्रयोगविहीन भई जीर्ण अवस्थामा छ ।

सिरी डोमको पीडा पनि उस्तै छ । नदी छेउमा रहेको टहरामुनि दुई छोरी र तीन छोरासहित बस्दै आएका उनी वैकल्पिक रोजगारको खोजीमा छन् । स्मशानघाटमा शवदाह गर्ने पेशा नै उनको जीविकाको मुख्य स्रोत पनि कोरोनाकालमा प्रभावित बन्यो । परासी जिल्लाको खैरनी घाटमा जन्मिएका ४५ वर्षीय उनको नागरिकता नहुँदा सरकारबाट पाउने सेवा सुविधाबाट पनि बञ्चित हुनुपरेको छ । नागरिकताको अभावमा उनको छोराछोरीको जन्मदर्ता बनाउन सकेका छैनन् ।

रुपन्देहीका पहिलो कोरोना सङ्क्रमित कृष्णा पासीको पीडा पनि कम छैन । रोजगारी गुमाउँदाको पीडा, आफैँलाई कोरोनाको सङ्क्रमण, बिरामी आमाको उपचार र बिहान–बेलुका दुई छाक टार्ने जोरजामको अभिभारा पनि उनीमाथि थियो । भारतको दिल्लीस्थित एक गार्मेन्ट कम्पनीमा काम गर्दै आएका उनी अहिले बेरोजगार छन् ।

अर्घाखाँचीको शीतगङगा नगरपालिका–.५ जकेनाका ४५ वर्षीय देवबहादुर विकले क्वारेन्टिनमै आत्महत्या गरे । अतिविपन्न परिवारका विक पारिवारिक तनाव र ऋणको बोझमा रहेका उनले आरडिटी पोजेटिभ देखिएपछि विसं २०७७ असारमा आत्महत्या गरेका थिए । युनिभर्सल मेडिकल कलेज भैरहवाका एशोसिएट प्रोफेसर डा नगेन्द्र चौधरी भन्छन् , “कोरोना महामारीका कारण रोजगारी गुम्ने र अवसर पनि नपाउँदा धेरै व्यक्तिमा मानसिक समस्या देखिएको छ । कोरोनाले स्वास्थ्य समस्यासँगै आर्थिक र सामाजिक अवस्थामा पारेको असर लामो समयसम्म रहन सक्छ ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले बतास समुहको बी मेनेजमेन्ट सहित १२ कम्पनीलाई कालो

काठमाडौं । राष्ट्रपति चयनको विषयले सत्ता गठबन्धनभित्र किचलो सुरु भएको छ । गठबन्धनको मुख्य

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा