Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

तिमीलाई जलाउन खोज्नेको घर किन जलाइनौ पुष्पा ?



पुष्पा न्यौपाने । घर नुवाकोट । दरबारमार्गस्थित केल्मीको शोरुमा संचालक । तर, उनै पुष्पाको सोमबार बिहान २७ वर्षकै उमेरमा इहलिला समाप्त भयो । उनी आफै जलिन् वा जलाइयो भन्ने रहस्यको पर्दा विस्तारै खुल्दै जाला । पुष्पाले आफुमाथि आगो लगाएर आफ्नै हत्या गरेको समाचारले समाजमा अनेकन अड्कल काट्न थालिएको छ । विशेषतः पुष्पाको मृत्युमा मानिसहरु आँसु खसाएका मात्र छैनन्, उनलाई प्रश्न पनि गरिरहेका छन् –“आखिर किन पुष्पा, तिमीले त सहर तथा गाउँका धेरै छोरीहरुको प्रतिनिधित्व गर्दै उसको घर जलाउन सक्नुपथ्र्यो, उसको आँगनमा पुगेर तिमी आफु किन जल्यौं ? तिमी आफै जलेर हामीलाई पनि कमजोर बनाइदियौ ।” विशेषतः धेरै नारी आवाज यही भन्दै सामाजिक सञ्जाललगायतमा घन्किरहेका छन् ।

काठमाडौं महानगरपालिका १० बानेश्वरमा बसेर दरबारमार्गमा केल्मीको सोरुममा मेनेजरका रूपमा काम गर्दै आएकी पुष्पाले यति कठोर कदम उठाउँछिन् भन्ने सायदै परिवारलाई पनि भनक थिएन । यदि त्यो हुँदो हो त परिवारले उनी कहाँ जान्छिन्, के गर्छिन्, के सोच्दैछिन् भनेर हरेक पल उनीमाथि चासो राख्दो हो । तर, पुष्पाले कसैलाई थाहा नदिई प्रेमि भनिएका अथवा इन्गेजमेन्टर गरेर जीवनसाथी बन्न लागेका भनिएका काठमाडौं–४, धुमबाराहीका युवाको घरमा आइतबार पुगे र आफैमाथि आगो लगाइन् । ७० प्रतिशत जलेको अवस्थामा भेटिएपछि केटाका परिवारले नै पुष्पाका परिवारलाई फोन गरेर बोलाएको समाचारमा उल्लेख भइरहेका छन् । यद्यपी, पुष्पा आफै आगो लगाएर जलिन् वा अरुले आगो लगाइदिए भन्ने कुरा प्रहरी अनुसन्धानमा विस्तारै खुल्दै जालान् । तर, इन्गेजमेन्ट तोडिएपछि पुष्पाले उठाएको यो कदमले भने धेरै छोरीहरुलाई विद्रोका लागि अगाडि बढ्नुपर्ने कदम एक पाइला पछाडि सरेको अनुभुति भइरहेको छ ।

एकवर्ष अगाडि चिनजान भएर भदौमा मात्र इन्गेजमेन्ट गरेका पुष्पा र ती युवकबीच बढेको खटपट र युवकको चिनियाँ युवतीसँगको सामिप्त्याका कारण पुष्पाले यस्तो घटना घटाएको भन्ने कुराहरु पनि बाहिर आइरहेका छन् । तर, पहिलो आफुमाथि घात गर्ने र दोस्रो इन्गेजमेन्ट तोड्ने युवकसँग उनले क्षतिपूर्ति लिएर स्वभाविकरूपमा बाटो अन्त मोड्न सक्नुपथ्र्यो । तर, पुष्पा सहरिया युवती सहरमै बसेर कर्म गरिरहेकी भएपनि मन कमजोर बनाएर यस्तो घटना घटाउन पुगिन् । उनले आफ्नो प्रेमलाई लत्याएर जीवन बर्वाद बनाउन खोज्ने केटालाई कानुनको कठाघरामा पु¥याउनुको साटो आफैमाथि आगो लगाइ उसकै आँगनमा जीवन लीला सकेर उसलाई थप उन्मुक्ति दिइन् ।

पुष्पा, सायद तिमी जानकार नै थियौं । यसअघि प्रेम गरेर विवाह गरेकी महोत्तरीकी नेहा चौधरीले ११ क्लासमा पढ्दा पढ्दै बसेको प्रेमलाई विवाह परिणत गरेपछि दाइजोको निहुँमा दिनहुँ कुटिएर आफ्ना डाक्टर श्रीमानलाई प्रहरीमा मुद्दा हालेर आफ्नो न्यायको लागि लडिरहेको, अर्की महोत्तरी जलेश्वरकी निहारिका राजपुतले पनि आफ्ना प्रेमि भनिने शिवराजलाई सजाय दिलाउन राजधानीमा आएर दूधेबालकसहित अनशन बसेको लगायतका पछिल्ला यी घटनाले आफुमाथि ज्याजदती र अन्याय गर्नेमाथि निरही बनेर होइन एक्लै भएपनि हिम्मतका साथ लड्नुपर्छ भनेर लडिरहेका छन् । उनीहरु अहिलेसम्म न्यायको टुंगोमा नपुगिसकेको भएपनि न्याय माग्दा न्याय पाइन्छ र आफ्नो आवाज देशैभरीका चेलीहरुका लागि हिम्मत बन्छ भन्ने उदाहरण बनेका छन् ।

हिजोका दिनमा भन्दा पछिल्ला समय समाजमा महिलामाथि हुने हिंसाहरु नयाँ–नयाँ रूपमा आइरहेका छन् । हिँजो गाउँका ठूला बडा, शोषक र सामन्त धनीहरुले छोरी चेलीमाथि आँखा लगाउने र आफ्नो मन लागेको गरेर उनीहरुमाथि यौनहिंसालगायतका अनेक हिंसा गरिरहेको अवस्था थियो तर, पछिल्लो समय प्रविधिको विकाससँगै हिंसाका प्रकृतिहरु पनि परिवर्तन भएका छन् । जहाँ घरमा श्रीमानले आफ्नै श्रीमतीको टाउँको काटेर प्लाष्टिकमा राखेर सिधा प्रहरीकोमा पुग्छन् । कतिपय बाबुले छोरी र दाजुले बहिनीमाथि बलात्कार गर्छन् । छोरीहरु छिमेक, समाज अनि देशमा कहिपनि सुरक्षित नभइरहेको अवस्थामा केहीले आँट गरेर सम्पूर्ण छोरीहरुको आवाज बन्ने कोशिषसमेत गरिरहेका छन् । तीमध्येकी एक पुष्पा पनि हुन् । राजधानीमा बसेर नाम चलेको कुनै कम्पनीमा मेनेजरको रूपमा कार्यरत पुष्पा राजधानी तथा गाउँघरका धेरै छोरीहरुको आवाज बन्न सक्थिन । तर, उनले उठाएको अनपेक्षित कदमले धेरैको मन टुटेको छ यतिबेला ।

अझै पनि सहर अथवा गाउँमा त्यस्ता धेरै पुष्पाहरुले विवाहका लागि इन्गेजमेन्ट गरिरहेका छन् । सदियौंदेखि चलिआएको रित तथा एक–अर्काको बलियो सहारा बन्नुपर्छ भन्ने र जीवनमा सहारा चाहिन्छ भनेर गरिने यस्ता विवाहले विवाह अगाडि र विवाहपश्चात धेरै घटना घटाइरहेका छन् । तर, जुनसुकै अवस्थामा पुरुष सम्हालिन सक्छन्, उनीहरु आफ्नो जीवन साथीमाथि यसरी अन्याय गर्छन् भने त्यो अन्याय हामीले किन सहने ? किन हामीले विद्रोह नगर्ने ? किन हामीले अन्य अवस्थामा जस्तै आफ्नो विवाह तथा इन्गेजमेन्टमा भएका आर्थिक खर्च तथा मानसिकरूपमा परेको पीडाको प्रतिशोध लिएर क्षतिपूर्ति नतिराउने ? उनीहरुलाई त्यत्तिकै उन्मुक्ति किन दिने ? के हामी पुरुष बिना जीवन बिताउनै सक्दैनौ ? किन हामी हिजो आमा, हजुरआमाजस्तै गरेर बाँच्न बाध्य छौं र यो समयमा ? बुवाले अर्की श्रीमती ल्याएपनि आमाले ‘मेरो भाग्य’ भनेर जीवन उही वुवाको नाममा बिताइदिने परिस्थितिमा हामी छैनौ । देशले फड्को मारिसकेको छ । गाउँमै कडा परिश्रम गरेर पनि महिनामा ३०–४० हजार कमाएर आफ्नो जीविकोपार्जन गर्ने अवस्था बनिसकेको छ । भलै त्यो निरन्तर नहोला तर, स्थानीयस्तरमा धेरै कामहरु गरेर अथवा स–साना उद्यम गरेर कम आकांक्षा राखेर आत्मनिर्भर बनेर बाँच्न सकिन्छ ।

त्यस्तै, सहरमा बसेर उच्च शिक्षा लिएका हामी प्रविधिको सहारा लिएर वा अन्य सरकारी विकल्पहरु खोजेर महिनामा सामान्य पनि ४०–५० हजारको आम्दानी हुने काम गर्न सक्छौं । परिवार, साथी भाइ अथवा आफन्तको सहारा लिएर उद्यमी बन्न सक्छौं । धेरै छन् त्यस्ता उपाय जहाँ पुरुष अथवा श्रीमान् भनिनेबाट साथ नपाउँदा पनि बाँच्न सकिन्छ । तसर्थ, प्रकृतिले दिएको यो सुन्दर जीवन त्यतिकै खेर नफालेर परिवार, समाज र देशका लागि हामी पनि केही योगदान दिन सक्छौ भनेर छोरीहरु हरेक चुनौतीमा किन हिम्मत नगर्ने ? आफुलाई लात हानेर हिँड्ने श्रीमानको खुट्टामा ढोगेर जीवन जीउनु पर्ने बाध्यता अहिलेको अवस्थामा हामीलाई छैन । अहिले त एकले अर्कामा समान व्यवहार हुन सक्दैन भने सोही सम्बन्धलाई बचाएर भित्र भित्र पीडित बनेर बाँचिरहन जरुरी छैन । नत एन्गेजमेन्ट तोडिएपछि समाज, परिवार, साथीभाइ र आफन्तले के भन्लान् भनेर नचाहिँदो सोच पालेर अनि अन्तिम उपाय जीवन सिध्याउनु नै हो भन्ने विकल्प रोज्नुपर्ने बाध्यता पुष्पा जस्ता कुनै छोरीहरुलाई छैन । उनीहरुले यो हिम्मत गर्न सक्नैपर्छ कि आफुलाई जलाउने र आफ्नो जीवन ध्वस्त बनाउनेको जीवन पनि ध्वस्त बनाउन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको