
काठमाडौँ । कतारमा जारी फिफा विश्वकपमा आठ वटा टिम क्वार्टरफाइनल पुगेका छन् । यो पालिको २०२२ फिफा विश्वकप फाईनल खेल हेर्न सबै जना उत्सुक छन् ।
याे पटक नँया टिमले विश्वकपकाे उपाधि हात पार्लान या त पुरानो टिमले उपाधि थप्लान् भन्ने विषमा सवै जना उत्सुक छन् । त्यसैले यस पटक विश्वकप खेलहरु रोमाञ्चक बन्दैछ ।
यो पालिको विश्वकपको नतिजा भने पूर्वानुमान गर्न नसकिने भएको छ । क्वार्टरफाइनल पुग्ने ८ मध्ये ४ टिम पूर्व विजेता छन् । यसबाहेक अन्य दुई टिमले यसअघि फाइनल खेलेपनि उपाधि जित्न सकेका छैनन् । एक टिम सेमिफाइनलसम्म पुगेको छ । अर्को टिम यसै संस्करणमा क्वार्टरफाइनल पुगेको छ ।
समूह ए बाट नेदरल्याण्ड्स, समूह बी बाट इंग्ल्याण्ड, समूह सी बाट अर्जेन्टिना, समूह डी बाट फ्रान्स, समूह एफ बाट भने क्रोएसिया र मोरक्को, समूह जी बाट ब्राजिल र समूह एच बाट पोर्चुगल क्वार्टरफाइनलमा पुगेका छन् । समूह इ का कुनै पनि टिम क्वार्टरफाइनल पुगेका छैनन् ।
क्वार्टरफाइनलमा भिड्ने टिमहरुको तालिका
मंसिर २३ गते शुक्रबार
क्रोएसिया भर्सेस ब्राजिल (राति ८ः४५ बजे)
नेदरल्याण्ड्स भर्सेस अर्जेन्टिना ( मध्य राति १२ः४५ बजे)
मंसिर २४ गते शनिबार
मोरक्को भर्सेस पोर्चुगल (राति ८ः४५ बजे)
इंग्ल्याण्ड भर्सेस फ्रान्स ( मध्यराति १२ः४५ बजे)