Logo
२६ माघ २०७९, बिहीबार
     Thu Feb 9 2023
E-paper
  English Edition
   Unicode
Logo

पाँच लघुवित्तले घोषणा गरे लाभांश, कुन कम्पनीको कति ?



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ५५ वटा लघुवित्त कम्पनीमध्ये पाँच लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा गरेका छन्। साना किसान लघुवित्त, आरएमडिसी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडिसी लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तले गत वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेका हुन्।

लाभांश घाेषणा गरेका लघुवित्तमध्ये सबैभन्दा धेरै लाभांश जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले दिने भएको छ । जाल्पाले ७६.८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।

त्यस्तै, आरएसडिसी लघुवित्तले सेयरधनीहरूका लागि ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश दिन लागेको हो। गत वर्ष यस कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।

यसैगरी, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले भने यो वर्ष २० प्रतिशत लाभांश वितरण गर्न लागेको हो। कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो। गत वर्ष यस कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लभांश दिएको थियो। यस कम्पनीले गत वर्षको तुलनामा लाभांश दर बढाएको छ।

आरएमडिसी लघुवित्तले भने यो वर्ष २७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश दिने भएको हो। गत वर्ष यस कम्पनीले २० प्रतिशत बोनस सेयर र कर तिर्नका लागि ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो। यस कम्पनीको पनि लाभांश दर गत वर्षको तुलनामा बढेको हो।

यस्तै, साना किसान लघुवित्तले पनि यो वर्ष २७.३७ प्रतिशत नै लाभांश दिने निर्णय गरेको छ। साना किसानले सेयरधनीहरूका लागि २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश दिन लागेको हो। गत वर्ष यस कम्पनीले भने २५ प्रतिशत बोनस सेयर र कर तिर्नका लागि १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो। यस कम्पनीले पनि लाभांश दर गत वर्षको तुलनामा केही बढाएको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको