
२१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता,नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका अध्यक्ष, पूर्वसभासद् तथा लेखक नरेश भण्डारी कृष्ण सेन ‘इच्छुक ‘ पुरस्कारद्धारासम्मानित हुनु भएको छ ।
मध्यपश्चिम साहित्य परिषद् काठमाडौंले १९ चैतका दिन राजधानीमा सम्पन्न गरेको सातौ साधारणसभा प्रतिभा सम्मान २०७३ तथा नववर्ष २०७४ को शुभकामना आदान प्रदान’ कार्यक्रममा लेखक भण्डारीलाई सम्मान गरिएको हो ।
उक्त सम्मान कार्यक्रममा लेखक भण्डारीले सेन जस्तो कुशल जनपक्षिय लेखक, पत्रकार तथा साहित्कारको नामबाट स्थापित भएको पुरस्कार पाउँदा हर्षित मात्र नभएर अझबढी जिम्मेवारी बोध भएको बताउनु भयो ।
उहाँले नेपाली क्रान्तिकारीहरुले विचलित नभैकन सेनले देखाएको बाटोमा निरन्तर लाग्नु पर्ने बताउनु भएको थियो ।
‘इच्छुक काहिल्यै पनि आफ्नो बिचार आर्दशबाट विचलित हुनु भएन, बरु उत्पीडित जनताको खातिर आफ्नो प्राणको आहुति दिनुभयो ।’ भण्डारीले भन्नु भयो ।नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका अध्यक्ष