back

बैज्ञानिक डा.महाविर पुन सहित चिकित्सकहरु सम्मानित (तस्बिरसहित)

वि.सं.२०७३ चैत २१ सोमवार

252 

shares
NTC AD
Global IME AD

samman1सुचना प्रविधिका बैज्ञानिक तथा सामाजिक अभियन्ता डा.महाविर पुन तथा चिकित्सा पेशामातथा सामाजिक सेवामा समेत बिशेष योगदान गरेका चिकित्सक हरुलाई सम्मान गरिएको छ l

नेपाल औषधि गत बिक्रि प्रबन्धक संघ(पिन)नेपालगंज ईकाईले गत चैत्र १९ गते शनिबार आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो l नेपालगञ्जको स्वस्तिक कटेजमा भव्य रुपमा सम्पन्न इकाईको अधिवेशनले ओम नारायण शर्मा को नेतृत्वमा सर्व सम्मति साथ २०७४-२०७६ कार्यकालका लागि नयाँ कार्यसमिती चयन समेत गरेको छ l

संस्थाले अभियन्ता पुनलाई सम्मान गर्दै खोजमुलक रचनात्मक उच्च विचारका धनि राष्ट्रका सच्चा राष्ट्रबादी शिक्षक आयमुलक सिपहरुको विकास र बिस्तारमा अनवरत लागि रहनु भएको योगदान प्रति सम्मान गरेको छ l

यसै गरि पिन नेपालगन्जको तेस्रो अधिवेशनमा बरिष्ठ फिजिसियन चिकित्सक राजन पाण्डे, बरिष्ठ बाल रोग विशेषज्ञ चिकित्सक डिपी प्रधान, बरिष्ठ स्त्रीरोग बिशेषज्ञ चिकित्सक नीना श्रेष्ठ, बरिष्ठ सल्य चिकित्सक एम किदवाइ, बरिष्ठ छाला तथा यौन रोग बिशेषज्ञ चिकित्सक जि.राज शाक्य र क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अभियन्ता समेत रहेका प्लाष्टिक शल्य चिकित्सक बिनोद कर्ण लाई सम्मान गरिएको छ।

इकाईका अध्यक्ष ओम नारायण शर्मा को अध्यक्षतामा सञ्चालित तेस्रो अधिवेशनको उद्घाटन सत्रमा संस्थाका केन्द्रीय अध्यक्ष सुरजित दत्त ,प्रमुख अतिथि बैज्ञानिक डा.महाविर पुन तथा बाँकेका प्र.जि.अधिकारी रविलाल पन्थ बिशिष्ट अतिथि रहेका थिए ।

saman3

उक्त उद्घाटन सत्रमा डिडिए प्रमुख निनु श्रेष्ठ ,एनसीडीए अध्यक्ष अभय कुमार बस्नेत,एनएमए अध्यक्ष रमेश श्रेष्ठ, एनएमएसआरए का कार्यवाहक अध्यक्ष इरफान सिद्दीकी, एनएमएसआरए नेपालगंज ईकाईका अध्यक्ष जमालुद्दिन अन्सारी , बिश्व स्वास्थ्य संघ निरीक्षक अधिकृत डा. रामु शर्मा, एप्पोनका बजारीकरण वृतका संयोजक ज्ञानी उप्रेती,नेपालगंज जेसिजका अध्यक्ष बिशाल बिक्रम बर्मा, एप्पोनका का सदस्य माधव अधिकारी ,पिन केन्द्रका उपाध्यक्ष द्वय हरिहर भन्डारी तथा माधव सिंह,पिन लुम्बिनी का सचिव आरसी ढकाल तथा राइट टु सूचनाकाका बिस्वजित तिवारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महाविर पुन तथा बाँके प्र.जी.अ.ले संस्थालाई धन्यबाद दिदै नेपालगंज ईकाईका अध्यक्ष ओम नारायण शर्माको नेतृत्वमा उल्लेखनीय कार्य गरेको र अधिकांश वक्ताहरुले योगदानको प्रशंसा गरेका थिए। संस्थाले पहिलो पटक चिकित्सकहरुलाई समान गरेको हो ।

samman2

अध्यक्ष ओम नारायण शर्मा को उत्कृष्ट कार्यसैलीको मुल्याङ्कन गर्दै पुर्व अध्यक्ष हेम कुमार झाले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने अध्यक्ष शर्माले सम्पूर्ण अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए। संस्थाका केन्द्रिय अध्यक्ष एवम् प्रमुख अतिथि सुरजित दत्त तथा बिशिष्ठ अतिथि महाविर पुन लाई समेत सम्मान गरेको छ ।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा सालिक राम पौडेल,सचिवमा दमन थापा,सह-सचिवमा बिरेन्द्र बिष्ट ,कोषाध्यक्षमा पुष्प प्रधान,सह कोषाध्यक्षमा बिकास मौनी तथा सदस्यहरूमा निरज कुमार ,बिशाल वैश्य ,मनोज महतो ,मनोज लामिछाने,मनोज अधिकारी ,रोहित भट्ट तथा बिकाश केसी चुनिएका छन।

ओम शर्मा समग्र नेपाल औषधि गत बिक्रि प्रबन्धक संघ(pean) को राष्ट्रिय रुपमै पहिचान बनाएका असल नेताका रुपमा चिनिन्छन। इकाईका प्रथम अध्यक्षहेम कुमार झा ले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन ओबिराज आचार्यले गरेका थिए।

वि.सं.२०७३ चैत २१ सोमवार ०९:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले...

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

लमजुङ । परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई...

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या...

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...