back
CTIZAN AD

पौरखी नेपालबाट निस्केर विजयाले किन खोलिन् नयाँ संस्था ?

वि.सं.२०७३ चैत २१ सोमवार

1.1K 

shares

bijaya-shrestha२१ चैत, काठमाडौं । सुरक्षित आप्रवासनको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको पौरखी नेपालमा कार्यरत विजया राइको समुहले नयाँ संस्था दर्ता गरेको छ ।
स्थापनाकालदेखि सँगै रहेर झण्डै १५ वर्षको सहकार्यलाई तोड्दै  विभिन्न कारणले छुट्टिनु परेको उक्त समुहले बताइएको छ । उनीहरुले  मन्जु गुरुङ अध्यक्ष रहेको संस्थाको २९ माघमा भएको १४ औं साधारणसभा सहभागी भएपनि निर्वाचन बहिष्कार  गरेको थियो । त्यहाँबाट छुट्टिएको उक्त समुहले आप्रवासी महिला कामदार (अमकास) नामक नयाँ संस्था दर्ता गरेका छन् ।
सात सदस्यीय रहेको उक्त संस्थाको अध्यक्षमा विजया राई, उपाध्यक्षमा अग्नि गुरुङ, सचिवमा पुष्पा थापा, र कोषाध्यक्ष गंगा लिम्बु रहेका छन भने सदस्यहरुको नाम पछि बताइने जनाइएको छ । यी चारैजना पौरखीमा सक्रिय रहेर काम गरेका थिए ।
बहिरीएको उक्त समुहले संस्थाको पारदर्शिता नभएको, संस्थामा परिवारवाद हावी भएको, १४ औं साधारणसभामा जिल्ला साखाका पदाधिकारीहरुलाई भोटिङ राइट नदिएको, संस्थामा बैदेशिक रोजगारबाट फर्केका महिलाहरुको सहभागीता र संलग्नता भन्दा पनि बाहिरी मानिसहरु हावी भएको लगायतका आरोप लगाएको छ । पौरखीकी पूर्वसंस्थापक सदस्य समेत रहेकी राइले जुन उद्धेश्यले संस्था खोलिएको थियो त्यो उद्धेश्य अनुरुप संस्था अगाडि नबढ्कोले आफूले छोडेर बाँकी रहेको काम पूरा गर्न लागेको बताएकी छन् ।

वि.सं.२०७३ चैत २१ सोमवार ११:०० मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...