
क) आवासीय अनुमति पत्र (इकामा) भएकालेः
फोटोहरूमा देखाइए बमोजिम अनलार्इन एप्वाइन्टमेन्ट लिएर प्रकृयामा जाने, एप्वाइन्टमेन्ट पाएपछि जवाजात अफिस जांदा पासपोर्ट नभएकाले दूतावासबाट ट्राभल डकुमेन्ट लिएर जाने, ट्राभल डकुमेन्ट लिन पासपोर्टको कपी र नागरिकताको कपी र फोटो सहित दूतावासमा निवेदन दिनुपर्छ ।
(ख) इकामा नहुनेलेः
दूतावासमा सम्पर्क राख्ने
(ग) तलब नपाएकाहरूलेः
दूतावास र बैदेशिक रोजगार बिभागमा पठाउने म्यानपावर एजेन्सी बिरूद्ध उजुरी दिने, तलब नपाएर पनि ‘पाए’ भन्दै कुनै पनि कागजमा सही नगर्ने । यस अघि एक्जिट भिषा पाउनका लागि यसरी तलब त्याग्नुपर्ने बाध्यता थियो, अब भिषा सरकारले नि:शुल्क दिने हुंदा भिषाका लागि त्यसरी तलब त्याग गर्नुपर्दैन । रोजगारदाताले नदिए, बांकि तलब दिलाउने जिम्मेवारी र कर्तब्य पठाउने म्यानपावर एजेन्सीकै हो, बैदेशिक रोजगार एेन २०६४ मुताविक बैदेशिक रोजगार बिभागले क्षतिपूर्ति स्वरूप यो बांकि तलब दिलाउंछ, दिलाउनै पर्छ । आममाफीको अवसरको सदुपयोग गर्दै स्वदेश फर्किनुहोस र आफ्नो न्याय, अधिकार र क्षतिपूर्तिका लागि डटेर मुद्ना लड्नुहोस । एनआरएनएले तपार्इ पीडितहरूलार्इ यस कार्यमा मदत गर्न सक्दछ ।
(घ) घरेलु महिला कामदारहरूलेः
कुवेत या अन्य मुलुकहरूबाट भिजिट भिषामा साउदी आउनुभएका महिला दिदी बहिनीहरू टिकट काटेर सिधै साउदीका एअरपोर्ट जान सक्नुहुनेछ, साउदी सरकारले तपार्इहरूलार्इ एअरपोर्टमै एक्जिट भिषा दिने नेपाली दूतावासले बताएको छ । अन्य नेपाली घरेलु महिला कामदारहरूले भने दूतावासमा सम्पर्क गरी अन्य अबैध कामदारको जस्तै प्रकृयामा स्वदेश फर्किन सक्नुहुनेछ ।
काम छिटो गराइदिने, सघाउने र हवार्इ टिकटका लागि भन्दै कसैले पनि मोटो (अनुचित) रकम मागेमा तुरून्त दूतावासलार्इ खबर गर्नुहोला । दूतावासले एनअारएनए लगायत बिभिन्न संघ संस्थाहरूका स्वयमसेवकहरूको समेत सहयोग लिएर यी सबै सेवाहरू सहज, निशुल्क र बिकेन्द्रित रूपमा प्रदान गर्ने प्रबन्ध मिलाएको छ । हवार्इ टिकट स्वयमले रोजी रोजी कहींबाट पनि काट्न (किन्न) सक्नुहुन्छ । टिकटको मूल्य नलेखिएको टिकट अस्वीकार गर्नुहोला । त्यस्तोमा तपार्इ ठगिएको हुनसक्छ । जेल हुंदै स्वदेश फर्किनेहरूको टिकट साउदी सरकारले नै निशुल्क उपलब्ध गराएको हुन्छ ।
दूतावासमा कसरी सम्पर्क गर्ने ?
वि.सं.२०७३ चैत २१ सोमवार ११:०७ मा प्रकाशित

























