
राजेन्द्रकुमार बज्राचार्य, कोटेश्वर, काठमाण्डौं
छ देश कस्तो, चले सधैं त्यो, ल उग्रचण्डी,छ गाउँ नाला ।
छ बासुकी ना/ग राज कस्तो, शिरानमा त्यो,छ ठाउँ नाला ।।१।।
दुई नदीको, छ योग नाला, छ पुण्य माता र नन्दमाता ।
चिसो छ मीठो, अनेक पानी, बगेर जाने, छ नाउँ नाला ।।२।।
छ बौद्ध द्यौता, छ लोकनाथै, छ स्वेत रूपै, बिराज आहा !
छ उग्रचण्डी, अनेक रूपै, यहाँ भवानी, ल छाउँ नाला ।।३।।
ल पाण्डबैका, छ जेष्ठ भ्राता, युधिष्ठिरै त्यो, बिराज शाला ।
लुकी बसे ती, सबै जना नै, छ धर्मराजै, सुनाउँ नाला ।।४।।
छ मञ्जुश्रीको, सुमार्ग हो यो, उपत्यकामा गएर हेर्ने ।
छ मूलबाटो, यहीं भयो त्यो, पवित्र मार्गै, जनाउँ नाला ।।५।।
बहर : मुतदारिक मकबूज असलम
सूत्रःमफाइलातुन् ×४
अर्कान : १२१२२×४
यतिः ५:५ अक्षरमा