Logo
१५ माघ २०७९, आईतवार
     Sun Jan 29 2023
E-paper
  English Edition
   Unicode
Logo

‘अर्थतन्त्र सम्हाल्ने’तर्फ प्रचण्डको ध्यान



काठमाडौं । पदभार ग्रहण गरेलगत्तै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद्को बैठक डाके । बढ्दो आर्थिक संकटलाई व्यवस्थापन गर्नेतर्फ केही कदम चाल्ने प्रयास गरे । प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्को पहिलो निर्णय नै आर्थिक क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने तर्फ छ ।

प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्ले गरेको पहिलो निर्णयमा लेखिएको छ, “वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्णं कार्यान्वयनबाट अर्थतन्त्रमा देखापरेका तरलता, संकुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब र पुँजीबजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने ।”

मन्त्रिपरिषद्ले सँगै राजस्व संकलनमा देखिएको सकस र विकास परियोजनामा देखिएको ढिलाईलाई पनि सम्बोधन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले दोस्रो बुँदामा नै लक्ष्यअनुसार राजस्व संकलन नभइरहेको विषयलाई बनाएको छ ।

राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा विकास खर्च जम्माजम्मी १० प्रतिशत मात्रै पुगेको छ । निर्वतमान अर्थमन्त्री जनार्दन शर्माले विकास खर्च हरेक महिना १० प्रतिशत पु¥याउने उद्घोष गरेका थिए । तर, अवस्था सोचेजस्तो अगाडी बढ्ने लक्षण देखिएको छैन् ।

यस अवधिमा राजस्व संकलनको अवस्था पनि निकै दयनीय छ । चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख आन्तरिक राजस्व उठाउने लक्ष्य सरकारले लिएको थियो । तर, हालसम्म राजस्व संकलनको अवस्था २३.३ प्रतिशत बराबर छ । पाँच महिनाको यो अवधिमा एक चौथाई राजस्व संकलन हुन नसक्नुले अवस्थालाई चित्रित गर्दछ ।

यो अवस्थालाई पार गर्नु अहिलेको लागि सरकारको पहिलो कदम हुनुपर्छ । प्रधानमन्त्री प्रचण्डले सोही विषयलाई नै ध्यानपूर्वक हेरिरहेको बताएका छन् ।

निजी क्षेत्र आशावादी

प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारीमा यस अघि दुई कार्यकाल अर्थमन्त्रालय सम्हालीसकेका अनुभवी अर्थमन्त्री विष्णु पौडेल आएका छन् । राजनीतिमा क्लाईमेक्स मिल्ने यी दुई पात्रको संयोजनले पनि अर्थतन्त्रलाई उकास्न सक्ने आशा गरिएकोे छ । अर्थमन्त्री पौडेल निजी क्षेत्रले आशा गरिएका अनुहार पनि हुन् ।

निराशजनक देखिएको पुँजीबजार नयाँ सरकारको आगमनसँगै बौरिएको छ । जसलाई अर्थतन्त्रका विज्ञहरुले नयाँ सरकारप्रति जनताले देखाएको हरियो झण्डाको रुपमा विश्लेषण गरेका छन् । निराश बनेको निजी क्षेत्रलाई यसले थप उत्साह प्रदान गरेको छ ।

सर्वपक्षीय छलफलको तयारीमा प्रचण्ड

प्रधानमन्त्रीको पदभार ग्रहण गरेको भोलीपल्टै प्रचण्डले मंगलबार व्यावसायी तथा उद्योगीहरुलाई भेटेका छन् । उनले पछिल्लो अर्थतन्त्रको अवस्था र समस्याको उपायबारे जिज्ञासा राखेका छन् । उद्योगी तथा व्यवसायीहरुले पनि प्रचण्डलाई केही सुझाब दिएको छलफलमा सहभागिहरुले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएअनुसार अहिलेको समस्याप्रति प्रचण्ड चिन्तित छन् । उनले समाधानको उपाय जसरी पनि खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रचण्डसँगको भेटबारे गोल्छाले भनेका छन्, “अर्थतन्त्रमा बहुआयामिक असर परेको छ, यसको समाधान जसरी पनि निकाल्नुपर्छ, यसमा प्रधानमन्त्री ज्यू निकै चिन्तित देख्यौं, उहाँले पहल लिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं ।”

प्रचण्डले पनि छिट्टै सर्वपक्षीय छलफल गरेर समस्याको समाधान गर्ने बताएका छन् । उनले छिट्टै अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई एकै ठाउँमा राखेर समस्या समाधानमा पहल लिने बताएको छलफलमा सहभागिहरुले बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले बतास समुहको बी मेनेजमेन्ट सहित १२ कम्पनीलाई कालो

काठमाडौं । राष्ट्रपति चयनको विषयले सत्ता गठबन्धनभित्र किचलो सुरु भएको छ । गठबन्धनको मुख्य

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको