काठमाडौं । नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी ओलीबीच भएको भेटवार्ता सकिएको छ ।
तीनवर्षपछि प्रचण्ड निवास खुमलटारमा पुगेका एमाले अध्यक्ष ओली र प्रचण्डबीच भएको झण्डै दुईघण्टा लामो छलफलमा दुई नेताबीच सरकारका नीति तथा कार्यक्रम, मन्त्रिपरिषद्को पहिलो बैठकले गरेका निर्णयहरुका विषयमा समेत छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ ।
मल्लका अनुसार बिहीबार बालुवाटारमा सत्ता साझेदार दलबीच हुने बैठकका लागि ऐजेन्डा तय गरिएको छ ।
‘आजको छलफलमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय र सरकारका नीति कार्यक्रम तथा प्राथमिकता तय गर्ने विषयमा छलफल भयो । विस्तृत रूपमा बिहीबार छलफल हुनेछ ।’ मल्लले भनेका छन् ।
स्रोतका अनुसार उक्त भेटमा नेकपा एकिकृत समाजवादीलाई पनि सरकारमा सामेल गराउने विषयमा छलफल भएको थियो ।
प्रचण्डले बुधबार बिहान ललितपुरको हात्तिवनमा अध्यक्ष नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गरेका थिए । उक्त भेटमा प्रचण्डले सरकारलाई समर्थन गर्न प्रस्ताव राखेकोमा नेपालले सरकारलाई नकरात्मक दृष्टिकोणले हेर्नुपर्ने कुनै कारण नरहेको बताउदै सरकारमा मिलेर जानका लागि आवस्यक आधारहरु बन्नुपर्ने बताएका थिए ।
यसअघि पुस १० गते बालुवाटारबाट निस्किएर बालकोट जाने क्रममा प्रचण्डले आफुहरुलाई जानकारी नगराएको भन्ने गुनासो गर्दै आएका नेपालले पार्टीको बैठकमा देशमा उत्पन्न नयाँ राजनीतिक परिस्थिति अनुसार आफुहरु अगाडि बढ्ने बताउँदै आएका थिए ।
वि.सं.२०७९ पुस १३ बुधवार १५:११ मा प्रकाशित






























