Logo
२६ माघ २०७९, बिहीबार
     Thu Feb 9 2023
E-paper
  English Edition
   Unicode
Logo

जाडोमा स्वास्थ्यको हेरचाह कसरी गर्ने ?



जाडो मौसममा स्वास्थ्यको ख्याल गर्नु निकै जरुरी हुन्छ । यो मौसममा सबै किसिमका रोगको जोखिम बढ्छ । स्वास्थ्य विज्ञहरूका अनुसार चिसो मौसम पनि जीवाणुको वृद्धिका लागि अनुकूल हुन्छ । यसबाहेक, तापक्रममा गिरावटले शरीरको प्रतिरक्षा प्रतिक्रियालाई पनि कम गर्छ । समग्रमा, जाडो मौसममा मानिसहरू बिरामी हुने सम्भावना बढी हुन्छ । यही कारण हो कि स्वास्थ्य विशेषज्ञहरूले सबै मानिसहरूलाई स्वस्थ र पौष्टिक आहार सिफारिस गर्छन् ।

यसैले यो बेला स्वस्थ रहन सबैले सावधानी अपनाउनु पर्छ । केही प्राकृतिक विधि छन्, जसले हामीलाई न्यानो राख्छ र रोगसँग लड्ने क्षमता पनि बढाउँछ । जाडो मौसममा रोग लाग्नबाट बच्न सही खानेकुराको छनोट गर्नु जरुरी रहेको चिकित्सकहरू बताउँछन् । यो मौसममा स्वास्थ्यका लागि हानिकारक हुने चिजको सेवन नगर्नु नै उत्तम विकल्प हो ।

चाडो मौसममा विशेषगरी घाँटी दुख्ने, रुघाखोकी लाग्ने, छाती दुख्ने जस्ता समस्या देखिने गर्दछन् । यस्तो अवस्थामा ध्यान पु¥याउन सकिएन भने समस्या झनै बढ्ने हुन्छ । मधुमेह र उच्च रक्तचापका बिरामीले यो मौसममा विशेष ध्यान दिनुपर्छ । मधुमेहका बिरामीलाई जाडोमा मुटु र मस्तिष्कघातको जोखिम हुन्छ । यहाँ जाडोमा देखिने स्वास्थ्य समस्याहरुबाट जोगिने केही उपायहरु सुझाइएको छ ।

चिसो चीजहरू नखानुहोस्

आहारविद्हरूका अनुसार चिसो मौसममा चिसो चिजको सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । जसको प्रभाव निकै छोटो समयमै देखिने गर्दछ । नरिवलको पानी, दही, मोही, चिसा जुस आदि पिउँदा तत्कालै समस्या देखिने हुुन्छ । यी चीजहरूले घाँटी दुख्न सक्छ, जबकि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरूलाई धेरै मौसमी रोगहरूको जोखिम हुन सक्छ । घाँटीमा टन्सील हुने व्यक्तिलाई यसले थप समस्या पनि पैदा गराउँछ । निमोनियाका बिरामीहरुले पनि चिसो चिज पिउन राम्रो हुँदैन ।

मासु वा प्रशोधित खानाहरू

जाडो मौसममा मासुजस्ता भारी खानेकुराको सेवन गर्नुहुँदैन । जसलाई पचाउन शरीरलाई बढी समय लाग्ने विज्ञहरु बताउँछन् । यी चिजको अत्याधिक सेवनले पाचनसम्बन्धी समस्या र तौल बढ्न सक्छ । चिसो मौसममा प्रशोधित खानाको सेवन कम गर्न पनि सल्लाह दिइन्छ । यस्ता खानेकुराले एलर्जीको समस्यासमेत देखाउन सक्छ ।

यी कुराहरुबाट पनि बच्नुहोला

जाडो मौसममा सलाद र काँचो सागसब्जी खान उपयुक्त नहुने आहारविद्हरूको भनाई छ । यस्ता कुराले एसिडिटी बढाउने विद्हरुले बताएका छन् । स्वास्थ्य विज्ञहरूका अनुसार चिसो मौसममा फलफूलको जुस पनि सकभर पिउनु हुँदैन । मीठो वा चिनीयुक्त चीजहरू खानु राम्रो होइन । जाडोमा तिनीहरूको पाचन ढिलो हुन्छ, जसले मोटोपनको जोखिम बढाउने विद्हरु बताउँछ ।

जाडो मौसममा कतिपय स्वास्थ्य विज्ञ खानामा केही मसला मिश्रण गर्नु उपयुक्त हुने बताउँछन् । यसले शरीरको प्रतिरक्षा क्षमता बढाउन सहयोग गर्ने उनीहरुको तर्क छ । जीरा, बेसार, मेथी, अदुवा र मरिच जस्ता मसला दैनिक आहारमा समावेश गर्न सकिन्छ । यी मसलाको सही उपयोगले रुघाखोकी ज्वरो आदिबाट बचाउँछ । एजेन्सीको सहयोगमा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्षमा चयन गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको