
काठमाडौं । संगीतकार नरहरि प्रेमीको नयाँ गीत ‘ह्याक गर्यो’ नामक डान्सिङ तथा र्याप गीत सार्वजनिक भएको छ ।
नरहरिप्रेमीको शव्द तथा संगीत रहेको उक्त गीतमा नव गायिका प्रज्ञा अधिकारीको पनि श्वर रहेको छ ।
संजय हमालको संगीत संयोजन, गोविन्द सोनीको मिक्सिङ मास्टरिङ रहेको उक्त गीत ए लेवल स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
गोदावरी लगायत काठमाडौँका विभिन्न ठाउँमा छायाँकन गरिएको उक्त गिती भिडियोको व्यवस्थापन पुष्पा पौडेल, श्रृङ्गार विमला गौतम, कोरियोग्राफी राजकुमार दर्जी (एभरेष्ट राज), सहायक कोरियोग्राफी सलिना तामाङ, छायाँकन उत्सव दाहाल र सम्पादन तथा निर्देशन राज कुमारको रहेको छ ।
श्रुति संगीत विद्यालयमा संगीतको अध्ययन गरिरहेकी गायिका प्रज्ञाले विभिन्न विधामा आफ्नो गायकी कला देखाउन सफल भईसकेकी छिन् । साथै संगीतकार प्रेमी प्रज्ञाका गुरु समेत हुन् । प्रज्ञाले आफ्नो पढाई, काम, गायकी तथा अभिनयलाई पनि साथसाथै अघि बढाईरहेकी छिन् ।