Logo
१ भाद्र २०७९, बुधबार
     Wed Aug 17 2022
E-paper
  English Edition
   Unicode
Logo

जब उनले श्रीमतीसँग छुट्टिन चाहान्छु भनेर सिग्नेचर गरे…



anuradha

‘जीवनका ७३ वटा कुचा (बर्ष ) फटालेँ । शुन्य बाट फेरी उठ्नु छ । अपार्टमेन्ट पनि बिक्रिमा राखिदिएँ । मानिसले परिवार परिवार मात्र भन्न नहुने रहेछ आफ्नो लागि पनि सोच्न पर्दो रहेछ । मैले त सोचिन । यतिबेला ढीलो भएको अनुभव भयो । के गर्ने बाल बच्चा श्रीमती भनेर बसैँ । श्रीमतीको खुसी हेरेँ तर पनि कहिल्यै खुसी बनाउन सकिन । उसले झन झन माग्दै गइन् । अब म त मेरै भाइको नजिकै जान्छु होला ।

छुटिनुको मजा या पिडा ?………छिमेकमा एक बृद्दा थिए । बेलुका खेर फोन गरेर भने, ‘कमिज फेरे झैँ कुरा फेर्न जानिन । सँधै सीधा रहेर ब्यवहार गरेँ । बैबाहिक जीवन आजकै दिनबाट शुरु भएको थियो । यो अपार्पटमेन्ट पनि आजकै दिन किनेर सेरका थियौँ । तर आजकै दिन अचम्म भयो ।’
के भयो र दानियल ? मैले सोधेँ । उनले भने ,’आज वकिल भएको ठाउँमा गएँ र म श्रीमती सँग छुटिन चाहन्छु भनेर सिग्नेचर गरेँ । आखिर उ दुइ बर्ष पहिला देखिनै अन्तै डेरा लिएर बसेकी छ । यो साझा घर मैले मात्र किन कुर्ने ?’ हँ ? तिमी त छुटिन भन्दैथयौ त भनेँ र म उनले यसोभन्दा ट्वाँ परेँ ।
बढो सहयोगी र असल बृद्दा हुन् यि । कुन मतिले बिगारेको थियो कुन्नी तीन छोराछोरीकी डिभोर्स भएकी आमासँग उनले घरबार जोडे । उताका तिनवटा पनि सोहरे र आँफूबाट एउटा छोरो पाए । चार छोराछोरीलाई हुर्काए बढाए पढाए । खासमा के रहेछ भने श्रीमती रहिछिन् बुर्जुवा घरकी । पियानो बजाउनुपर्ने । बर्षमा दुइ पटक घुम्न जानु पर्ने । राम्रा छरिता लुगाहरु लाउनु पर्ने र मिठो मिठो खानु पर्ने ।
यिनी रहेछन् श्रमिक परिवारबाट आएका । जीवनभर काम गरेका र पियानो सियानो भन्दापनि रियल लाइफमा जसरी बाँच्न पुग्छ त्यो अनुसार गरौँ भन्ने । देख्दै वाक्क लाग्ने जस्ती थिइन् बुढिया । म्यानुपुलेसन गर्न खुब सिपालु । तैपनि यो बुढेसकालमा नछुटिए हुन्थ्यो भन्ने लागेर हामीले मिलेर बस भन्थ्यौं ।

उनैले फेरी जिन्दगि यस्तै हो भन्दै मलाइ नै पो उल्टै सान्तवना सान्तवना दिँदै थपे ,’आज नराम्रो भएपनि भोली त राम्रो होला भनेर कुरेँ । बैबाहिक जिवनका ४० वटा बर्ष यस्तै सोचेर बित्यो । कतिपय नराम्रा कुराहरु निकाल्दै निकालिन । बिबाद किन गर्ने सँगै बस्नुपर्छ भनेर । कतिपय कुराहरु राम्रो सँग सँझाए । कतिपय कुराहरु सहेँ । उनकै खुसीका लागि भएका गाडिहरु सबै बेचेँ । बैक ब्यालेन्स सबै रित्ताएँ । तर केहि लागेन । अब छुटिनु पर्छ पुर्याउन सक्दिन भन्ने लाग्यो र छुटिएँ । बल्ल आज मन हल्का भएको छ ।

म सुन्दै गएँ । पिडा पोख्ने ठाऊँ पाएनन होला बिचराले ।

उनैले फेरी थपे, ‘जीवनका ७३ वटा कुचा (बर्ष ) फटालेँ । शुन्य बाट फेरी उठ्नु छ । अपार्टमेन्ट पनि बिक्रिमा राखिदिएँ । मानिसले परिवार परिवार मात्र भन्न नहुने रहेछ आफ्नो लागि पनि सोच्न पर्दो रहेछ । मैले त सोचिन । यतिबेला ढीलो भएको अनुभव भयो । के गर्ने बाल बच्चा श्रीमती भनेर बसैँ । श्रीमतीको खुसी हेरेँ तर पनि कहिल्यै खुसी बनाउन सकिन । उसले झन झन माग्दै गइन् । अब म त मेरै भाइको नजिकै जान्छु होला । अनि १९८३ देखि नदेखेकी पहिलो श्रीमती पट्टीको छोरी खोजी गर्छु । सम्पर्क गर है भनेर ठेगना दिएको उसलाई खै किन हो कहिल्यै मलाइ सोधिन । जे होस उसको भाग पनि दिनुपर्छ मैले । यहि बेचेर आएको केहि भाग उसलाई पनि दिन्छु ।’

बिचरा बृद्दाको उकुस मुकुस छटपटी सुनेँ र भनेँ, ‘दानियल सबै कुरा राम्रो हुनेछ । कमसेकम तिमीले आत्मा शान्ति पाउनेछौँ र श्रीमती अनि बिग्रेको ब्यवहारको याद आउने छैन। यसो हुदाँतिमीलाईशान्ति मिल्नेछ । ढुक्क होउ भाइले तिमीलाई मद्दत गर्नेछन् ।

फ्रान्समा रहेकी पत्रकार अनुराधा पौडेलको फेसबुकवाल बाट लिइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको