Logo
३ भाद्र २०७९, शुक्रबार
     Fri Aug 19 2022
E-paper
  English Edition
   Unicode
Logo

घरमै पुगेर कृषिका योजना सम्झौता



२३ चैत, फलेवास (पर्वत)। जिल्ला कृषि विकास कार्यालयले गाउँमै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ ।

योजना सम्झौता गर्न आउने क्रममा उपभोक्ताको खर्च बढी हुने तथा सम्झौता गरिएका योजना अनुरुपको काम नहुने हुँदा गाउँमै पुगेर स्थलगत अध्ययन गरी किसानसँगै योजना सम्झौता गरिएको हो ।

कार्यालयले दक्षिण पर्वतको महाशीला, पैयुँ र बिहादी गाउँपालिकाका– १३ मा २५ वटा साना सिँचाइका योजना सम्झौता गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

“योजना सम्झौता गर्न आउने क्रममा उपभोक्ताको अत्यधिक खर्च हुन्छ,” रेग्मीले भन्नुभयो । योजनास्थलमै पुगेर उपभोक्तालाई योजनाको कूल बजेट, गर्नुपर्ने काम, समयअवधिलगायत विषयमा जानकारी गराउन सहज भएको रेग्मीको भनाइ थियो ।

कार्यालयले लुङ्खुमा र सरौँखोलामा चार÷चार वटा, शालिग्राममा तीन÷तीन वटा, हुवास, रानीपानी र वहाकीमा दुईवटा तथा भोर्ले, त्रिवेणी, बेउलीवास, उरामपोखरा, बाच्छा र बर्राचौरमा एक÷एकवटा योजना सम्झौता गरेको हो । प्रत्येक योजना रु ४० हजारदेखि रु ५० हजारसम्मका रहेका छन् । चालु आवमा एक सयवटा प्लास्टिक पोखरी र ७५ वटा साना सिँचाइका योजना सञ्चालन हुने छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ । राष्ट्र बैंकको विदेशी