back

जिल्ला समन्वय समिति महोत्तरीको तालाबन्दी खोलियो

वि.सं.२०७३ चैत २३ बुधवार

447 

shares
IME Limited
NTC AD

२३ चैत,गौशाला । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला समन्वय समिति महोत्तरीमा लगाएको ताला ११ दिनपछि खुलेको छ ।

स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै आएका मोर्चाका नेता तथा कार्यकर्ताले जिल्ला समन्वय समिति महोत्तरीको प्रत्येक शाखा अवरुद्ध हुने गरी दुई वटै मूलद्वारमा चैत ११ गते लगाएको ताला प्रहरीको सहयोगमा मङ्गलबार खोलाइएको स्थानीय विकास अधिकारी युवराज पौडेलले बताउनुभयो ।

समितिको दैनिक कामकारवाही र समितिबाट प्रवाह हुने सार्वजनिक सेवा प्रभावित भइरहेकोले प्रहरीको सहयोगमा ताल्चा फुटाएर कामकाज सूचारु गरिएको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति महोत्तरीमा लगाइएको ताला एघार दिनपछि खुलेका कारण आज सो कार्यालयमा सेवाग्राहीको घुइँचो लागेका छन् ।

वि.सं.२०७३ चैत २३ बुधवार ०९:१६ मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...