back

महासङ्घ काठमाडौँ शाखाको ताला खुल्यो

वि.सं.२०७३ चैत २३ बुधवार

414 

shares
IME Limited
NTC AD

२३ चैत, काठमाडौँ । नेपाल पत्रकार महासङ्घ, काठमाडाँै शाखामा एक महिनादेखि लगाइएको ताला आज खुलेको छ ।

महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टको रोहवरमा असन्तुष्टि पक्षको माग सम्बोधन गर्ने गरी आज ताला खुलाइएको शाखा अध्यक्ष गोविन्द चौलागार्इंले जानकारी गराउनुभयो ।

“सदस्य वितरण र स्तानान्तरणसम्बन्धी कुरामा चित्त नबुझेर केही सङ्गठनले ताला लगाएका थिए”– उहाँले भन्नुभयो, “हामीले उहाँहरुको मागलाई सम्बोधन गर्नेगरी पहल गर्ने सहमति गरेपछि ताला खुलाइएको हो ।”

फागुन २४ गते प्रेस चौतारी नेपाल, प्रेस युनियन नेपाल, मिडिया नेपाल, क्रान्तिकारी पत्रकार सङ्गठन, प्रेस सोसाइटी र पत्रपत्रिका अधिकार मञ्चले संयुक्तरुपमा सदस्य वितरण र गैरढङ्गबाट सदस्य स्तानान्तरण गरेको भन्दै ताला लगाएका थिए ।

अध्यक्ष चौलागार्इंले ताला खुलेपछि वैशाखको पहिलो हप्ता शाखाको अधिवेशन गर्ने जानकारी गराउनुभयो । ताला लगाएपछि चैत १ गते हुने भनिएको शाखाको अधिवशेन हुन सकेको थिएन । शाखामा करिब एक हजार दुई सदस्य रहेका छन् । रासस

वि.सं.२०७३ चैत २३ बुधवार १५:०९ मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...