
कम्बोडिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
काठमाडौंबाट ६८ यात्रु र ४ जना चालक दलका सदस्य सहित पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खवरले स्तब्ध भएको संघले जनाएको छ ।
‘यो त्रासदीपूर्ण विमान दुर्घटनामा निधन भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं । साथै, शोकको यस घडीमा शोकसन्तप्त सम्पूर्णको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछौं ।’ संघका अध्यक्ष लाल सिंह खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।