
काठमाडौं । सुदूरपश्चिम प्रदेशको सभामुखमा सत्ता गठबन्धनका भीम भण्डारी निर्वाचित भएका छन् ।
भण्डारी तेस्रोपटक भएको मतदानबाट माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका भण्डारी मंगलबार बिहान भएको निर्वाचनबाट सभामुखमा निर्वाचित भएका हुन् ।
५३ सदस्यीय प्रदेश सभा सदस्य रहेको प्रदेशमा ५२ मत खसेको थियो ।जसमा भण्डारीले २९ मत प्राप्त गरेका थिए । उनको विपक्षमा २३ मत खसेको थियो ।