Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

२८ जना योद्धाहरुको चिहानको सम्झनामा ‘झुरझुरे’



मर्न र मार्न तयार भएको एक युगको कथा जस्तो लाग्ने आफनै भोगाईहरु अनवरत र अनन्तसम्म यादगर रहिरहने यात्राको पात्र म । सवाल आफनो इतिहासको रक्षा आफैले गर्नु पनि रहेछ । सत्ताको तर मार्न सिपालहरु जनयुद्धलाई धारे हात लगाएर सत्तोसराप पनि गरिरहेकाछन् । भलै जनयुद्धबाट प्राप्त भएको उपलब्धीको रक्षा हुन नसक्नु र जनयुद्धबाट प्राप्त उपलब्धीलाई अपराधिकरण गर्न पनि त्यही गिरोह उद्धत छ जो सत्ता भोग मात्र आफनो उदेश्य लक्ष्यमा केन्द्रित छ ।
सवाल २०६२ माघ महिनाको दोस्रो हप्ताको हो । तत्कालिन शाही सरकार नगरपालिकाको चुनाब गराउन भनेर उद्घोष गर्दै थियो । माओवादी पाटीको केन्द्रीय समितिको बैठकले रणनीतिक प्रत्याक्रमणको दोस्रो योजना सर्वसम्मतिले पारित गर्यो । त्यो बैठकले मुख्य योजनाका रुपमा दुश्मनको ढाडमा टेकेर टाउकोमा हान्ने फौजी रणनीतिलाई पारित गरेको थियो । फौजी कारवाहीले निकै नै ठुलो महत्व राख्ने कुरा युुद्धमा निकै महत्वपुर्ण पाटो पनि हो । सबै डिभिजनको सबैको आआफनो महत्व त छदै थियो तेसमा पनि तेस्रो डिभिजनको झन ठुलो र जिम्मेवार भुमिकामा थियो किन की तेस्रो डिभिजनको कार्यक्षेत्र भनेको काठमाण्डौ उपत्यका वरिपरिको जिल्ला र स्वयम राजधानिको ३ वटा जिल्लाहरु समेत थियो । तेस्रो डिभिजनले गर्ने फौजी कारवाहीले अन्तराष्ट्रिय स्तरको महत्व राखेको हुन्थ्यो ।

चार महिना एकतर्फी युद्धविराम पछि दरवारले सुरक्षित ठानेको कान्तिपुरनगरीमा नै तेस्रो डिभिजनको जनमुक्ति सेनाले आक्रमण गरयो साँखु, थानकोट, दधिकोटमा । तीनवटा कारवाहीले जनमुक्ति सेनाको फौजी उचाईलाई अन्तराष्ट्रियकरण गरेको थियो । जनमुक्ति सेनाको स्पेशल फोर्स मकवानपुरको सदरमुकामबाट चुरेका डाडाहरु पार गर्दै फापरबारीलाइ लक्षित गर्दै अगाडि बढिरहेको थियो । तेस्रो डिभिजनको कार्यक्षेत्रमा करार गरिएका दुश्मनहरुको प्रवेश हामीलाई स्विकार्य हुने कुरै भएन । डिभिजन कमान्डर कालीबहादुर खाम र तीनवटै ब्रीगेडको कमान्डरहरुको सल्लाह भयो अब हामीले दुश्मनहरुलाई झुर्झुरे कट्न दिनु हुँदैन झुर्झुरेमा नै आक्रमण गरेर हतियार खोस्नु पर्छ र प्रतिक्रियाबादीहरुलाई फेरि पनि तिमीहरू असफल भैसक्यौ भनेर प्रमाणित गर्नु छ । शाही सेनालाई तेस्रो डिभिजनको स्पेशल फोर्सले पिछा ग¥यो । म बेथान स्मृति ब्रीगेडको स्पेशल फोर्सको टिममा थिए । हाम्रो आर्क उतर पटिबाट आक्रमण गर्ने थियो भने बासु स्मृति ब्रीगेडले पूर्ब पट्टिबाट र प्रताप स्मृति ब्रीगेडले पश्चिमबाट । सबै ब्रीगेडले शत्रुलाई बिचमा पार्ने हिसाबले घेरा कस्दै थिए तर उनीहरुलाई त्यो कुराको जानकारी नै थिएन । जनताहरुले सबै कुरा थाहा भएर पनि शाही सेनाहरुलाई आक्रमण हुन्छ भन्ने कुराको जानकारी नै गराएनन् । बरु शाही सेनाको प्रत्येक कदममा भएको हर्कत जनमुक्ति सेनाको हेडक्वाटरमा जानकारी गराइरहेका थिए ।

तीन बजेतिर रामराजा पण्डित क अटल म फापरवारीमा दुश्मनको अन्तिम गतिविधि बुझ्न गयौं उनीहरु ग्रुपमा बनाएर खाना खाने तयारी गरिरहेका थिए । उनीहरु निकै डराएका थिए उनीहरुको गन्तब्य पनि झुरझुरे हुँदै अगाडि बढने नै थियो । नजिक गएर उनीहरुको अवस्थाको जानकारी पाए पछि हामी हेडक्वाटरमा फर्किएर रिपोट बुझायौं । गाउँको ८० प्रतिशत भुःभाग माओवादीको कब्जामा थियो । तेस्रो डिभिजनले धेरै दुःख कष्ट आरोह अबरोहको बिचमा प्रतिकुलताको बिचबाट दुश्मनलाई आक्रमण गर्ने बस्तुवादी योजना निर्माण गर्यो ।

त्यो समयमा हाम्रो ब्रीगेडको सह कमान्डर लगायतको टोली अर्को बिशेष योजनाको लागि पनौती ब्यारेक रेक्कि गर्ने योजनामा लागेको थियो । युद्धमा परिस्थितिहरु निकै जटिल र नसोचेको परिणामको पनि भागिदार हुनु पर्छ । प्रतिकुलतालाई अनुकुलतमा बदलेर आफ्नो सिर्जनशिलतामा फौजी कारबाहीलाई अगाडि बढाउनु पनि अर्को चुनौती हो युद्धमा ।

हाम्रो ब्रीगेडको कमान्डर कमिसारले बाटोमा हिड्दै गरेको अबस्थामा नै टिमको जिम्मेवारी बाँडफाँट भयो । त्यसमा पहिलो दोश्रो र तेस्रो एसल्ट गु्रपको निर्माण भयो त्यहिबेला हतियारको पनि बाँडफाँट भयो । युद्धमा स्वायम सेबकको पनि उत्तिकै महत्त्वपूर्ण भुमिका हुन्छ । जब जनमुक्ति सेनाका योद्धा घाइते हुने बितिकै उनिहरुलाई बोकेर मेडिकल ग्रुपमा लैजाने र तोकिएको आर्कसम्म हतियार गोलीगठ्ठा पुर्याउने काम पनि स्वयंसेवकले गर्छन् । स्वयम सेवकको सुनिश्चित भएपछि हाम्रो ब्रिगेड फापरबारी नजिकै रहेको कैली डाँडातर्फ अगाडि बढ्यौ । यो यात्रामा सहभागी हुँदै गर्दा बन्दिपुर मोर्चाको पनि याद आइरहेको थियो । बन्दिपुर जाँदा हामी सुनकोसी कमला नदिको किनारै किनार थियौ भने योपटक बागमती नदिको कमरेड शिलाजी र म सँगै थिएनौ । उनी छैटौ डिभिजनमा सरुवा भैसकेकी थिइन् । यहाँ आइपुग्दा बागमती नदि काठमाडौबाट बगेको फोहोरलाई सफा गर्दै आफ्नै रफ्तारमा अगाडी बढिरको छ । नदी जसरी गडगडाएर बगेको छ त्यसरी नै जोशिएको छ मेरो मन पनि, कतिखेर दुश्मनमाथि जाईलाग्ने भनेर । युद्धका यात्रीहरु हामी बागमतीले बगाउने फोहोरलाई बगाएर साच्चिकै जनताको जनवाद ल्याउने आशामा ज्यान बलिबेदीमा चढाउने तयार योद्धा । व्यवस्था फेरिएर मात्र नहुने रहेछ जनताको अवस्था जस्ताको तस्तै छ । फेरिएको छ त केबल जनयुद्धको तरमाराहरुको जीवन अनि परम्परागत राजनीति गरिरहेका नेताहरुको मात्रै ।

काँधमा बन्दुकको जिम्मेवारी त छदै थियो त्यो सँगै युद्ध सामाग्री पिठ्युँमा गोलीसहितको गह्रौ झोला बुलेट पर्स माइन र चामलको बोरा समेतको खजाना बोकेर अन्धकार रात जंगलको बाटो चुरेबाट बग्ने अनगिन्ती खोलाहरुको बगरमा हिड्दै हामी माघ महिनाको चिसो हुस्सुभित्र हराउँदै थियौं । दुश्मनमाथी जाइलाग्ने रफ्तार रत्तीभर कम भएको थिएन ।

राती १ बजे हामी फापरवारी नजिकै पुग्यौं । सेन्टिको ब्यवस्था मिलाएर केही समय आराम गर्यौ । तर, आँखा लोलाउन खोजे पनि मन भने निदाउन सकेको थिएन । ४ बजेपछि सेतो कुहिरोभित्र हराएको बस्ती चलमलायो भालेको डाको सँगै । हाम्रो टोलीले पनि कामको बिन्यास गर्यौं सेन्टी, खाना पकाउने, पेट्रोलिङ जाने, हतियार सफा गर्ने तथा माइन बनाउने । सबैले आफ्नो काम जिम्मेवारी सर्तकतापूर्बक पूरा गर्यौ । सबैले निर्धारित समयमा नै आफ्नो काम सक्यौ । मात्र अन्तिम फायरिङको कासनको प्रतीक्षामा थियौं । दुश्मनको चलखेल हुनासाथ हामी जर्याकजुरुक उठेर दौड्ने जमर्को गथ्र्यौ । करिब २ बजेसम्म पनि हाम्रो कमान्डर गु्रप आइपुगेको थिएन त्यो समय पनौती आसपासबाट हिँडेर तालढुङा हुँदै झुर्झुरे आसपास आइपुग्न झन्डै दुई दिन लाग्थ्यो । तर, जनताको सिपाही न परियो, करिब १२ घन्टामा कमान्डर ग्रुप पनि आइपुग्यो । तीनबजे नै खाना खाएर टोली तयारी अवस्थामा थियो । सर्भे गर्न गएको टोली पनि फर्कियो अब चाहिँ पक्का भयो दुबैतर्फको मोर्चा भीषणतामा परिणाम हुँदै छ भनेर । हामी आफ्नो अन्तिम तयारी सकेर दुश्मन माथि कतिखेर जाइलाग्ने भनेर मौका पर्खिरहेका छौ शाही सेना पनि कतिखेर आक्रमण हुन्छ भनेर सचेततापुर्बक आफ्नो टोलिलाइ चुस्त बनाएर झुर्झुरे तर्फ बढ्ने तरखरमा छ । करिब तीनवजे दुबैतर्फको सेना आफ्नो आफ्नो क्यापबाट मुभ भयौ ।

जब हामी कैली डाँडाँको टुप्पोबाट फापर बारीको बगरमा चिहायौ शाही सेनाहरु अत्यन्त सतर्कताको साथ दुई लाइनमा अगाडि बढेको दृश्य देखियो । जब हामी बगरमा निस्कने तरखरमा थियौ त्यहि समय हाम्रा दुश्मन भनेकाहरु र हामी आमने सामने भइसकेका थियौ । पहिलो फायर प्रताप स्मृति ब्रीगेडले खोल्ने योजना अनुरुप हामी अगाडि बढ्यौ । कस्तो अचम्म हुने युद्धक्षेत्र दुबैतर्फका सेनाहरु मर्न अनि मार्न तयार भएर अगाडि बढिरहेका दृश्य अहिले अनौठो आभास हुन्छ । बेथान स्मृति ब्रीगेडले उत्तरबाट, बासु स्मृति ब्रीगेडले पूर्वपट्टीबाट घेरा हालेर आक्रमण गर्ने योजना डिभिजनकै योजना अनुरुप थियो । डिभिजन कमान्डरले छिटो आक्रमण गर्न निर्देशन संचार सेटमार्फत जानकारी गराइरहेका थिए । कमान्डरको आदेश अनुसार हामी तिब्र आक्रमण गर्न सकेनौ किन कि पहिलो फायर खोल्नको लागि तयारी भएको प्रताप स्मृति ब्रीगेड नै सम्पर्क बिहीन भयो चुरेमा । प्रताप स्मृति ब्रीगेडले फायर खोल्न ढिला गर्ने बितिकै हाम्रो आक्रमणको योजना अनुसार अगाडि बढ्न सकेन र लक्षित आक्रमण गर्नमा पछि प¥यो । यो सुनौलो अबसर गुमाउनु परेकोमा भने बेथान स्मृति ब्रीगेडका योद्धाहरु पश्चताप लाग्नु स्वाभाविक नै हो ।

अब पालो बेथान स्मृति ब्रीगेडकै आयो हामी हाम्रा दुश्मनहरुलाई पछ््रयाउन थाल्यौ साझ झमक्क पर्ने तरखरमा छ कैली खोलाबाट निस्किएर हामी झुर्झुरे खोलाको बगरमा दौडिरहेका छौ । उता पटिका सेनाहरुले पनि हाम्रो दौडाइ देखिरहेका छन् । हामी आमने सामने भयो, झुर्झेरेको डाडो हामी दुबै सेनाहरुको लागि टार्गेट भयो । अब को पहिला डाँडो कब्जा गर्ने त्यो टार्गेट थियो । सम्बन्धित डाँडालाइ कसैले कब्जा गर्न नपाउदै झुर्झुरेको फेदिमा नै प्रताप स्मृति ब्रीगेडले फायर खोल्यो । ‘ड्याङ ड्याङ’ चुरे कम्पाएमान भयो । यो बेला हामी एक पक्षले अर्को पक्षलाई नजिक बाट नियाली रहेका छौ । बन्दुक खोसाखोसको अबस्थामा छ हाम्रो भौतिक दूरी । सयौ ग्रीनेड माइन सयौ फायर गोली एकैसाथ पड्कियो त्यो झुर्झुरे एक्कै छिनमा रणमैदानमा परिणत भयो । बेथान स्मृति ब्रीगेडको तर्फबाट सर्केश घलान र कमरेड मधुको (जो अहिले बागमती गाउँपालिकाको अध्यक्षको रुपमा दोश्रो कार्यकाल चलाउदै हुनुहुन्छ) टिमले महत्त्वपूर्ण भुमिका खेल्यो । आफ्नो र अर्को टिक छुट्याउन सक्ने अवस्था थिएन अध्यारोको कारण । यहि समयमा मधुको टिमले आफ्नो एसाल्ट सम्झेर दुश्मनलाई अगाडि बढ भनेर आदेश दिँदा डाँडाँ कब्जा गर्ने योजना सफल भयो शाही सेनाहरुको ।
उनीहरुले प्रयोग गरेको पासवर्डको सवालको जवाफ थाहा नपाएपछि मात्रै हो हाम्रो टिमले भिषण आक्रमण गरेको त्यो बेलासम्म पनि हामीलाई थाहा थिएन की हामी र दुश्मन यति आमने सामने छौ भनेर ।

शाही सेनाहरु निकै आत्तिएका थिए । उनीहरु अव आफुलाई असुरक्षित महशुष भएपछि जनताको घरमा आगो लगाउन उद्धृत भए । काठको घर र खरको छानाहरुमा लगाएको आगोको कारण हामी यहाँ पनि अल्मलियौ उल्यालोमा हामीले हाम्रो फायरलाई प्रभावकारी बनाउन सकेनौ । किनकी, जनताको घर आगनमा शाही सेनाहरुले कभर लिएर बसेका थिए । हाम्रो उद्धेश्य न जनताको क्षति थियो न त शाही सेनाहरुलाई मार्नु नै । मात्रै हतियार कब्जा गर्ने र संसारका प्रतिकृयावादीहरुलाई निकम्बा सावित गर्नु थियो । अनि विश्वको श्रमजीबि जनताको पनि सेना छ भनेर प्रमाणिकरण गर्नु थियो । यो समय विश्वमा पुंजिवादको चरम उदय भएको बेलामा नेपालमा शुरुवात भएको जनयुद्धले यति ठुलो संख्यामा जनसेना निमार्ण गरेर प्रतिकृयवादी र साम्राज्यवादीहरुको क्यापमा धावा बोल्ने कुरा कम चानचुन चाही थिएन ।

उज्यालोको कारण करिब आधा घन्टा जति लडाई रोकियो । शाही सेनाहरु डिफेन्सीभ लडाई लड्न चाहान्थे । उनीहरुसँग भएको गोलीगठ्ठा सकिदै थियो । स्थिति हाम्रो पनि उस्तै थियो । सिमित श्रोत साधनमा लड्दै आएका हामीलाई शाही सेनालाई जस्तो प्रसस्त हतियार गोलीको सुविधा थिएन । यही उज्यालो समयलाई उपयोग गर्दै जनमुक्ति सेनाहरुले गाई, भैसी, बाख्रा सबै फुकाएर युद्धको कम प्रभाव भएको ठाँउतिर जनतालाई समेत पठाईदियौं । हामीले धेरै प्रयास गर्दा पनि ३ जना सर्वसाधारण ज्यान बचाउन सकेनौं । आक्रोश झन बढयो जहाँ निर्दोश जनाता मारिएका थिए । युद्ध झन भिषण भयो । त्यहीबेला हामीले एकथान हतियार, एक दर्जन झोला, कार्ल गुस्ताकको सेल, टु इन्चको सेल करिब एकहजार राउण्ड गोली कब्जा गर्दे अगाडी बढयौ । हामीलाई उनीहरुको फायरका कुनै प्रवाह नै भएन । हामी उनीहरुलाई कब्जा गर्ने अन्तिम अवस्थामा छौ आत्तिएर उनीहरु फेरि अर्काे घरमा आगो लगाए । फेरि हाम्रो गति यहाँ आएर रोकियो । उज्यालोको कारण हामी अगाडी बढ्न सकेनौ । उनीहरुको रुवाई चिच्याहट सुन्दा निकै आत्तिएको र आत्मसमर्पण गर्ने अवस्थामा थिए । हामी देखीरहेका थियौ सबै दृश्यहरु । केही समयमा हाम्रो तर्फको पनि क्षति हुन थाल्यो । त्यहि बेला एके ४७ राइफल फायर गरिरहेको अवस्थामा कमरेड रविनको शहादत भयो । सिद्दार्थ कमाना शिखर, कमरेड बासु लगायत २८ जना योद्धाहरुको सहादत भयो । माघ ८ को सम्झना !

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको