Logo
१५ माघ २०७९, आईतवार
     Sun Jan 29 2023
E-paper
  English Edition
   Unicode
Logo

न्यौपाने र काफ्लेको ‘रैथाने’ र ‘अन्तर्मनका भाकाहरु’ लोकार्पण



लन्डन । रण काफ्लेको ‘रैथाने’ उपन्यास र कवि पिमला न्यौपानेको ‘अन्तर्मनका भाकाहरु’ कवितासंङ्ग्रहको लोकार्पण भएको छ ।

समकालीन साहित्य प्रतिष्ठान बेलायतले प्रकाशन गरेका ती दुई कृतिहरुको शनिबार एकैसाथ भर्चुअल माध्यमबाट लोकार्पण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

प्रमुख अतिथीको रूपमा वरिष्ठ साहित्यकार प्रा डा. कृष्णहरि बरालका साथ सम्पन्न उक्त कार्यक्रममा नेपालका विभिन्न स्थानदेखि अमेरिका, बेलायत, क्यानडा, जर्मनी, भारत र नेपालका थुप्रै स्रष्टाहरुको भर्चुअल उपस्थिति थियो ।

क्यानडाबाट जोडिएका समीक्षक डा. गोविन्दसिंह रावतले ‘रैथाने’ उपन्यास भारतमा रहेका नेपालीहरुको बारेमा लेखिएको यथार्थवादी उपन्यास भएको बताए । ‘भारतमा रहेका नेपालीहरु आफूलाई गोर्खाली भन्न मन पराउँछन्,’ उनले भने । ‘रैथाने’ उपन्यासकै अर्का समीक्षक बेलायतबाट डा. कृष्ण उपाध्यायले उपन्यासमा भारतमा रहेका नेपालीहरुको मानसिक अवस्थालाई द्धिविधात्मक रूपमा प्रस्तुत गरिएको सन्दर्भलाई प्रष्ट्याए । अमेरिकाबाट समीक्षक भारती गौतमले ‘रैथाने’ उपन्यास विश्वभरका प्रवासी नेपालीहरुको कथा रहेको बताउँदै आफू प्रवासमा रहँदा हरपल महशुष गरिरहेको अनुभूति समेत जनाइन् ।

‘अन्तर्मनका भाकाहरु’ कवितासङ्ग्रहको समीक्षाका व्रmममा डा. लेखप्रसाद निरौलाले मानविय संवेदना र परिवेषलाई स्पष्ट रूपमा चित्रण गरिएको कवितासंग्रह निकै पठनिय भएको भन्दै यसमा प्रस्तुत विचार, भाषा र लयको उचित तालमेल सहितको सिर्जना भन्दै कवि पिमला न्यौपानेका कवितामा स्तरयुक्त रहेको बताए । डा. निरौलाले भने, ‘पिमलाका कवितामा मानविय संवेदना सहितको भावपूर्ण अभिव्यक्तिहरु पाइन्छन् ।’

कार्यक्रमका विशिष्ट वक्ता वरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाईले विदेशको व्यस्त समयमा पनि आफ्नो लेखन, संस्था संचालन र अरु लेखकका पुस्तक प्रकाशनमा सक्रिय कृष्ण बजगाईंले संस्थागत रूपमा पनि टेवा पुर्याएकोमा धन्यवाद दिए ।

‘अन्तर्मनका भाकाहरु’ कवितासङ्ग्रह अन्तरगत उनले भने, ‘कवि पिमला न्यौपाने अँग्रेजी विषयको प्राध्यापन कार्य, नेपाली भाषामा लेखन तथा अनुवादनमा समेत सक्षम र सफल रहेको मैले देखेँ । कवि पिमलाको कवितासंग्रह पढ्दा कवितामा हुनुपर्ने गुणहरु प्रवल रूपमा भेटिन्छन् । त्यसैले यो कवितासंग्रह निकै पठनिय छ, पिमला लगायत दुवै श्रष्टालाई बधाई तथा शुभकामना ।’ उनले भने ।

प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. कृष्णहरि बरालल ‘अन्तर्मनका भाकाहरु’ कवितासङ्ग्रहमा नविन शैलीको प्रस्तुती, राजनीतिक सचेतना, आत्मिक तथा मानविय संवेदनाका सम्बाहकका रूपमा गतिलो प्रस्तुती रहेको कुरा अभिव्यक्त गरे ।

. ‘पिमलाको यस कवितासंग्रहले पुरानो पुस्ताको डटेर प्रतिवाद गर्दै साहित्यका आगामी पुस्ताको विशेष प्रतिनिधित्व गर्दछ । साहित्य सिर्जनामा पिमलाको भविष्य उज्वल रहनेछ भन्ने कामना गर्दछु’ प्रा. डा. बरालले भने ।

‘रैथाने’ उपन्यासमा भारतमा रहेका नेपाली जातिको गौरवमय इतिहास विषयमा लेखिएको उपन्यासले पक्कै पनि प्रवासी विशेषतः भारतिय नेपालीको मर्मलाई बुझेर लेखिएको डा. बरालले बताए ।

कार्यक्रमका सभापति तथा समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष कृष्ण बजगाईंले कार्यक्रमको सफलताको लागि सबैको महत्वपूर्ण भूमिका रहेको भन्दै उपस्थित सबैलाई धन्यवाद दिए ।

उक्त कार्यक्रम साहित्यकार नेत्र न्यौपानेले संचालन गरेका थिए । कार्यक्रममा डा. इगम खालिङ, डा. शशि थापा पण्डित, मुक्ती बराल, नन्दू उप्रेती, पिमला न्यौपाने, रण काफ्ले, अमर खड्का आदिले आफ्नो आफ्नो अभिव्यक्ति राखेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले बतास समुहको बी मेनेजमेन्ट सहित १२ कम्पनीलाई कालो

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा