Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार



काठमाडौं । सुनसरी निवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएकी छन् ।

यही माघ ६ गते भएको विवाहमा कमला राईले आफ्नो छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई वैवाहिक जीवनको शुभकामना प्रदान गर्दै प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा योजना उपहार दिएकी हुन् ।

आफ्नो छोरीको विवाहका अवसरमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको कमला राईले बताइन् । जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको शुरुवात हुने विश्वास व्यक्त गरे ।

कमला राई प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखा अन्तर्गत बीमा अभिकर्ता वरिष्ठ एजेन्सी म्यानेजर हुन् । ‘समाज परिवर्तन आफैबाट हुनुपर्छ,’ उनले जीवन बीमा पोलिसी हस्तान्तरण गर्दै भनिन् । धरान शाखा प्रमुख राईले जीवन बीमा गर्नलाई धेरै ठूलो आर्थिक स्रोत नचाहिने र भईरहेको आम्दानीबाट हुने खर्चलाई व्यवस्थापन गरेर पनि सहजै जीवन बीमा गर्न सकिने पनि बताइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुस १० मा भएको सहमतिअनुसार

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा