Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

माथिल्लो कर्णालीमा हिमपात परेपछि किसानलाई राहत



जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा भारी हिमपात भएसँगै यहाँका किसानलाई राहत भएको छ । यो वर्षको हिउँदमा जुम्लामा पहिलोपटक आज बिहान ५ बजेबाट हिमपात भएको चन्दननाथ नगरपालिकाका सुनिता पाण्डेले बताइन् ।

दक्षिणी र पश्चिमी वायुको प्रभावका कारण कर्णालीलगायत पश्चिम नेपालभर वर्षात भएको छ । हिउँ पर्न थालेपछिको जुम्लाको जनजीवन कष्टकर बनेको छ । जिल्लाको उच्च ठाउँमा दुई देखि तीन फिटसम्म हिउँ जमेको छ ।

यहाँको तापक्रम ‘माइनस’मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । यस्तै, जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटका उच्च भेगमासमेत हिउँपात भएको छ । हिउँ परेपछि सदरमुकाम खलङ्गाको बजार बन्द भएको छ । यातायातका साधन राम्रोसँग चल्न पाएका छैनन् ।

जनजीवन कष्टकर भएपनि हिमपातका कारण हिउँदे बालीलाई भने राहत पुग्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीको भनाइ छ । स्याउका नयाँ बिरुवा लगाउने समयमा हिउँ परेकोले किसानलाई फाइदा भएको कार्यालयको भनाइ छ ।

हिउँ पोखरी बनाएका किसानलाई हिउँ सङ्कलन गर्न र नयाँ बाली लगाउन उपयुक्त हुने सिञ्जा गाउँपालिका कृषि शाखाका प्रविधिक दलवीर वडले बताए । हिमपातपछि जुम्लालगायत कर्णालीको हवाई विमानस्थल बन्द भएको छ ।

धावनमार्गमै हिउँ जमेपछि आज बिहान कुनै पनि उडान नभएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुम्लाले जनाएको छ । जिल्लाबाट चल्ने लामो तथा छोटो दुरीका यातायातकासाधन चल्न सकेका छैनन् । हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा राखिएका मोबाइल टावर र विद्युत् सेवा समय समयमा अवरोध भइरहेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको