Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

आन्तरिक विमानस्थलका प्रमुख चुँडालले राख्थे आफ्नै कार्यकक्षमा लाखौं रुपैयाँ र विभिन्न ब्रान्डका रक्सी



काठमाडौं । सेवाग्राहीबाटै घुस लिएको आरोपमा पक्राउ परेका आन्तरिक टर्मिनल विमानस्थलका प्रमुख पूर्ण चुँडालले आफ्नै कार्यकक्षको दराजमा लाखौ रुपैयाँ राखेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार स्रोत नखुलेको लाखौं रुपैयाँ, विभिन्न ब्रान्डका मदिरा र चारथान मोबाइलसहित चुँडाललाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो ।

चु्ँडालले आन्तरिक टर्मिनलमा आवत–जावत गर्नका लागि पास उपलब्ध गराइदिएबापत प्रतिमहिना रु १० हजारका दरले घुस लिने गरेको उजुरी परेपछि आयोगको टोलीले सोमबार छापा हानेको थियो ।

अख्तियारले सेवाग्राहीका लागि पास उपलब्ध गराइदिएबापत १ लाख ५० हजार घुसहित कार्यकक्षबाट पक्राउ गरेको हो । साथै उनको कार्यकक्षमा रहेको दराजबाट नगद ८ लाख, विभिन्न ब्रान्डका ९ बोतल मदिरा, उनले प्रयोग गर्ने एउटा सामसुङ मोबाइल र अन्य ४ वटा मोबाइल (तीनवटा सामसुङ र एउटा हुवाय) पनि जफत गरेको हो ।

‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, आन्तरिक टर्मिनल व्यवस्थापन शाखा गौचर काठमाडौंका प्रमुख प्रबन्धक पूर्ण प्रसाद चुँडालले एयरपोर्ट (आन्तरिक टर्मिनल) सम्म आवत–जावत गर्न पास उपलब्ध गराई सहजिकरण गरिदिएको भनि प्रतिमहिना रु १० हजारका दरले २०७८ कार्तिकदेखि हालसम्म १५ महिनाको एकमुष्ट रकम रु १,५०,००० (एकलाख ५० हजार) घुस÷रिसवत रकम माग गरी लिइसकेको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको ।’ अख्तियारद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै निजको कार्यकक्षभित्र रहेको स्टिललको दराजबाट श्रोत नखुलेको ८,००,००० –(आठलाख) र विभिन्न ब्रान्डका ९ बोतल मदिरा बरामद गरिएको छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको