Logo
२२ श्रावण २०७९, आईतवार
     Sun Aug 7 2022
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए नेदरल्याण्डले स्कुल भवन निर्माणका लागि  १३ लाख बढी सहयोग गर्ने



गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्डले  गोरखामा स्कुल बनाउन आर्थिक सहयोग गरेको छ ।

 गोरखाको मान्बु गाविस ६ पोखरीचोकमा रहेको  भूकम्पले क्षतिग्रस्त सिद्धार्थ बनस्थली निम्न माध्यमीक विद्यालयको दुईकोठे भवन निर्माणका लागि  संघले  रु १३ लाख ७४ हजार ४ सय ७४ रुपैयाँ  आर्थिक सहयोग गर्न लागेको हो ।

 एनआरएनए नेदरल्याण्डका  वरिष्ठ उपाध्यक्ष  केशवराज पाण्डे,  उपाध्यक्ष महेन्द्र सुवेदी,  र विद्यालय समितिका अध्यक्ष  तथा प्रधानाध्यापकवीच  दुईकोठे भवन निर्माणमा आर्थिक सहयोग गर्ने  सम्झौतापत्रमा हस्ताक्षर भएको संघले जनाएको छ ।

संघले भवन निर्माणका लागि पहिलो किस्तास्वरुप  ७ लाख २५ हजार रुपैयाँ   प्रदान गरिसकेको  वरिष्ठ उपाध्यक्ष पाण्डेले संचारमाध्यमलाई जानकारी दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष पाण्डेले क्षतिग्रस्त भवनको निर्माणमा  सहयोग गर्न पाउँदा एनआरएनए नेदरल्याण्ड र नेदरल्याण्डमा रहेका नेपालीहरु  खुसी भएको बताए । उनले भवन निर्माण कार्य जारी रहेको बताउँदै  दोश्रो किस्ता बापतको बाँकी रकम पनि छिट्टै उपलब्ध गराइने बताए ।

उक्त सहयोग रकमका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र कोषाध्यक्षको  नाममा संयुक्त खाता खालिएको जानकारी संघका कोषाध्यक्ष श्याम सापोटाले बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय

काठमाडौं । डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा