
घटना– १ : मंगलबार इलाम फिक्कलका प्रेमप्रसाद आचार्य संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरे । उनलाई प्रहरीले उद्धार गरी अस्पताल त पुर्यायो तर, ८० प्रतिशतभन्दा बढी जलेका उनी बच्न सकेनन् । बुधबार उपचारकै क्रममा उनको निधन भयो । कृषि उद्यमी आचार्यको परिवार व्यवसायीकरुपमा पूर्णं असफल भएको थियो । उनलाई ठूला व्यापारी तथा उद्योगीले डुबाएका थिए ।
घटना– २ : २०७८ को फागुन २५ मा पनि काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित रामकोट डाँडापौवामा भीममान प्रधानको परिवार सामूहिकरुपमा अचेत अवस्थामा फेला पर्यो । स्थानीयले समयमै उद्धार गर्दा केही बाँचे, केहीले ज्यान गुमाए । उनीहरुले सुसाइड नोटमा सामूहिक औंठाछाप गरी सामूहिकरुपमै विष सेवन गरेका थिए । भीममानको परिवार सहकारीको फन्दामा परेको थियो ।
घटना– ३ : २०७६ को माघमा काठमाडौंका विनय लामिछानेले श्रीमती, दुुई छोरा र एक छोरीसहित त्रिशुलीमा नदीमा हाम फाले । बिडम्बना, आफू त बाँचे, तर सबैलाई गुमाए । प्रहरीले उनलाई त उद्धार गर्यो तर, अरुलाई बचाउन सकेन । विनयको परिवार मिटरब्याजीको फन्दामा परेको थियो । व्यवसायी विनय विकल्पविहीन अवस्थामा आत्महत्याको बाटोमा पुगेको थियो ।
आज मूलतः गरिखाने वर्ग बाध्यकारी रुपमा जीवनलिला मेटाउन तयार भइरहेको छ । गरीखाने वर्गलाई चौतर्फी समस्याहरु सिर्जना भइरहेका छन् ।
माथि उल्लेखित केही घटना सन्दर्भ मात्रै हुन् । मृत्युवरणको साक्षी सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राखेको कारण इमालका प्रेमप्रसादको चर्चा चुलिएको छ । सरकारदेखि सञ्चारमाध्यमसम्म सबैले उनलाई पछ्याएका छन् । तर, यस्ता घटना समाजमा थुप्रै घटेका छन् ।
आज मूलतः गरिखाने वर्ग बाध्यकारी रुपमा जीवनलिला मेटाउन तयार भइरहेको छ । गरीखाने वर्गलाई चौतर्फी समस्याहरु सिर्जना भइरहेका छन् । प्रेमप्रसादले संसद भवन अगाडि आगो लगाएकै दिन सप्तरीको छिन्नमस्ता गाउँपालिका– २ का रामदेव मरिक (डोम)ले पनि आत्महत्या गरेका थिए । लघुवित्तमा बुझाउनुपर्ने किस्ता जुटाउन नसकेपछि किसान डोम आत्महत्याको विकल्पमा पुगेका थिए ।
प्रेमप्रसादको ‘धावा’
प्रेमप्रसादले अन्यले जस्तो सामान्य ढंगले आत्महत्या गरेका छैनन् । उनले सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साक्षी राखेर शरीरमा आगो लगाएका छन् । जब प्रचण्ड संसद भवनबाट बाहिरिँदै थिए, तब उनकै अगाडि प्रेमप्रसाद आफूलाई जलाउँदै थिए ।
प्रेमप्रसादले अन्यले जस्तो सामान्य ढंगले आत्महत्या गरेका छैनन् । उनले सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साक्षी राखेर शरीरमा आगो लगाएका छन् । जब प्रचण्ड संसद भवनबाट बाहिरिँदै थिए, तब उनकै अगाडि प्रेमप्रसाद आफूलाई जलाउँदै थिए ।
प्रेमप्रसाद जल्दै गरेको दिन संसदमा प्रधानमन्त्रीको रुपमा प्रचण्डले गरेको सम्बोधन भने निकै अर्थपूर्ण छ । प्रचण्डले संसदबाट संघीय लोकतान्त्रिक व्यवस्थाका विरुद्ध धावा बोल्ने उनकै सत्ता साझेदारलाई तर्साउँदै थिए । प्रचण्डले व्यवस्थाका विरुद्ध नबोल्न सांसद र मन्त्रीलाई चेतावनी दिएका थिए ।
तत्कालिन नेकपा (माओवादी)ले १० वर्षे जनयुद्ध सामान्य मुद्दामा लडेको थिएन । त्यो कुनै अमुक पात्र वा नेतृत्वविरुद्ध पनि केन्द्रीत थिएन । जनयुद्धको मुख्य मक्सद व्यवस्था परिवर्तनमा केन्द्रीत थियो । जनयुद्धकै आधारमा टेकेर मुलुकमा राजतन्त्र समाप्त भयो । मुलुकमा गणतन्त्र मात्रै आएन, सबै वर्ग, समुदाय र क्षेत्रका जनतालाई जोड्नेगरी संघीयता र धर्मनिरपेक्षता जस्ता एजेण्डाहरु आए । आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाभित्र छ । तर, बिडम्बनाको कुरा, यही व्यवस्थाभित्र गरिखाने वर्ग भने आत्मदाह जस्ता विकल्पमा देखिएका छन् ।
जनयुद्ध, दोस्रो जनआन्दोलन र मधेश आन्दोलनले व्यवस्था परिवर्तन त गरायो तर, यी तिनै विद्रोहले अवस्था भने परिवर्तन गराएन । राज्यसंरचनाको स्वरुप बदलियो, शोषणका शैलीहरु पनि बदलिए तर, शोषण भइनै रह्यो । विगतमा राजा रजौटाको वरिपरिका मान्छेहरुले समाजलाई डोर्याउँथे, आज केही ‘कर्पोरेट राजनीतिज्ञ’ले समाजलाई डोर्याइरहेका छन् । शोषणको रुप फेरिएको छ तर, शोषण थप जर्जर बन्दै गएको छ । जनता थप थिलोथिलो बन्दै गएका छन् ।
आत्मदाहपूर्व प्रेमप्रसादले फेसबुकमा लेखेको छ हजार शब्द लामो ‘बकपत्र’ले पनि हाम्रो राज्यव्यवस्थाको स्वरुप र प्रकृतिलाई चित्रित गर्दछ । कसरी एउटा किसान, मजदुर र उद्यमी शोषित छ ? यसले देखाउँछ । किसान, मजदुर र उद्यमीलाई शोषकहरु कसरी शोषण गरिरहेका छन्, यसले उदाङ्गो बनाएको छ । प्रेमप्रसादले आफ्नो बकपत्रका ज–जसका नाम समेटेका छन्, सायद यो समाज तिनैबाट निर्देशित र नियन्त्रीत पनि छ ।
आत्मदाहपूर्व प्रेमप्रसादले फेसबुकमा लेखेको छ हजार शब्द लामो ‘बकपत्र’ले पनि हाम्रो राज्यव्यवस्थाको स्वरुप र प्रकृतिलाई चित्रित गर्दछ । कसरी एउटा किसान, मजदुर र उद्यमी शोषित छ ? यसले देखाउँछ । किसान, मजदुर र उद्यमीलाई शोषकहरु कसरी शोषण गरिरहेका छन्, यसले उदाङ्गो बनाएको छ । प्रेमप्रसादले आफ्नो बकपत्रका ज–जसका नाम समेटेका छन्, सायद यो समाज तिनैबाट निर्देशित र नियन्त्रीत पनि छ । प्रेमप्रसादले गरेको आत्मदाह एक मृत्युवरणको उपाय मात्रै होइन, यो एउटा व्यवस्थाविरुद्धको धावा पनि हो । उनले अहिलेको व्यवस्था र नेतृत्वप्रति आत्मदाहमार्फत धावा बोलेका छन् । प्रेमप्रसादले अहिलेका नेतृत्वकर्तालाई चुनौति दिएका छन् ।