back

महावीर पुनले यसरी अगाडि बढाउँदै छन् बीरगंज कृषिऔजार कारखानाको काम

वि.सं.२०७९ माघ १२ बिहीवार

261 

shares
NTC AD
Global IME AD

काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महाविर पुनले ४ बुँदामा बीरगन्ज कृषि औजार कारखानाको आगामी कार्ययोजनाका बारेमा उल्लेख गरेका छन् ।

तीन महिना अघि सरकारले केन्द्रलाई कृषि औजार कारखाना संचालनका लागि जिम्मा दिएपछि पुनको टिमले कारखानाको काम अगाडि बढाएको थियो ।

पहिलो चरणमा कारखानाको सरसफाई र कवाडीहरु छुट्याउने र बिभिन्न मशीनहरु जांच गर्ने काम हुनुका साथै कारखानाको बिस्तृत सर्भे गरि यसलाई मर्मत गरेर संचालानमा ल्याउन लाग्ने मोटामोटी २५ करोड रुपैयाँ खर्चको लागत निकालेर नेपाल सरकारलाई बुझाएको जानकारी दिएका छन् ।

पुनका अनुसार यस्ता छन् आगामी योजना
१ कारखाना भित्र रहेको केहि महत्वपूर्ण मशीनहरु जस्तै डाई प्रेस मशीन, मिलिंग मशीन, लेथ मशीन, पंचिंग मशीन, ड्रिल मशीन र फर्नेसहरु मर्मत गरेर काम गर्ने बनाउने ।

२. पहिले नै यहाँ बनाईसकेको पाँचवटा जति औजारहरुको डाई छन् । ति डाईहरु छानेर हरेक औजारको १५÷१५ पीस जति नमुना बनाउने र परीक्षण गर्ने ।

३. कारखानाको हाताभित्र ३० बर्षमा बढेका जंगल र झाडीहरु डोजर लगाएर सफा गर्ने र समतल बनाउने । त्यहाँ दुईवटा माछापोखरी पनि छन र ति माछा पोखरीलाई सफा गर्ने र माछा हाल्ने ।

४. कारखानामा कम्तिमा पनि ४ बिघा जति ठाउँ खाली नै छ । त्यो ठाउँमा ट्रयाक्टरले जोतेर यो बर्ष नै मकै, धान र तोरी लगाउने ।

 

५.अनि नेपाल सरकारबाट के कस्तो किसिमको सहयोगहरु आउँछ र कहिले आउँछ भनेर पर्खिने ।

‘कुरा नलुकाइकन भन्नु पर्दा यो कृषि औजार कारखानालाई पुनर्संचालनमा ल्याउने कुरालाई धेरैले असम्भब नै ठानेका छन् । हरेस खाने मान्छेले त यो काम आँट गर्दै गर्दैन । तर आविष्कार केन्द्रका हामी मुर्ख र गोकते काजीहरु चाहिने भन्दा बढी नै मुर्ख भएकोले यो काम आँट गरेको हो । यसमा सबै नेपालीहरुको साथ र आइडिया चाहिन्छ । आँट गरेर आउनेहरुलाई धन्यबाद ।’ पुनले सामाजिक संजालमा लेखेका छन् ।

वि.सं.२०७९ माघ १२ बिहीवार १६:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...