
बेल्जियम । नेपाली व्यवसायी संघ बेल्जियमको सातौं अधिबेशनले चिरन कुमार खवासको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमितिको चयन गरेको छ ।
बेल्जियमको होटल कार्रपिनस हेरेन्टमा मंगलबार सम्पन्न संघको सातौं अधिवेशनले आगामी ३ वर्षको लागि खवासको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षहरुमा कासी दनै, कृष्ण सिम्खडा, रमेश दाहाल, महासचिवमा जगदिश सापकोटा, कोषाध्यक्षमा भुवन सुबेदी, सचिवमा बाबुराम शर्मा, रिचा गुरुङ र सहकोषाध्यक्षमा राजु थापा रहेका छन् ।
त्यसैगरी सदस्य (क्षेत्रीय संयोजक) हरुमा बेदराज पुरी (गेन्ट), जितेन्द्र के सी (लुबेन), दिपेश सुबेदी (ब्रसेल्स) र श्री प्रसाद दवाडी (एन्त्रोपेन) रहेका छन् । साथै खुल्ला सदस्यहरुमा लोकेन्द्र नेपाल, प्रिन्स खड्का, बिनोद न्यौपाने,रमेश पौडेल र कुल बहादुर कार्की रहेका छन् ।
बेल्जियमका लागि मानार्थ पर्यटनदूत तथा एनआरएन बेल्जियम संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, चेतप्रशाद भट्ट र हरी थपलियाको तीन सदस्यीय अध्यक्षमन्डलले नयाँ कार्यसमितीको घोषणा गर्नुका साथै सपथ ग्रहण गराएका थिए । साथै, निवर्तमान अध्यक्ष यामु निरौलाले नयाँ समितिलाई बधाई दिएका थिए ।
बेल्जियममा व्यवसाय गर्दै आएका नेपालीहरुको संस्था नेपाली व्यवसायी संघ बेल्जियमले व्यवसाय गर्न सहजता प्रदान गर्नुका साथै त्यससम्बन्धी विभिन्न तालिमहरु समेत प्रदान गर्दै आइरहेको छ ।