Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रभु बैंकको सीईओमा पुनः नियुक्त भए शेरचन



काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि दुई कार्यकाल बैंकको सीईओ बनिससकेका शेरचन पुनः तेस्रो पटक नियुक्त भएका हुन् । सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाएका हुन् ।

सन् १९९५ सालमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करिअर सुरु गरेका शेरचनसँग २७ वर्षको बैंकिङ अनुभव छ । उनी सन् २००७ मा प्रभु फाइनान्सको सीईओ बनेका थिए । तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बैंकको सीईओको जिम्मेवारी शेरचनले नै पाएका हुन् ।

जेनिथ फाइनान्स, गौरीशङ्कर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ भएका थिए । प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका हुन् । आगामी माघ १८ देखि उनिले तेस्रो कार्यकाल सुरु गर्नेछन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम