Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

गृहमन्त्री लामिछानेको मुद्दाको फैसला आजै सुनाउने तयारी, सुरक्षा व्यवस्था बढाइयो



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवी लामिछनेको नागरिकता सम्बन्धी मुद्दाको फैसला आजै सुनाउने तयारी भइरहेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले मन्त्री लामिछानेको मुद्दाको फैसला आजै सुनाउने तयारी गरेको हो । उक्त विषयमा सर्वसाधारणको निकै चासो रहेकाले महानगरीय प्रहरी परिसर काठमाडौंले सुरक्षा व्यवस्था समेत बढाएको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त मुद्दामा अन्तिम सुनुवाइ सकिएसँगै अब आदेशको तयारी भइरहेको बताइएको छ ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए ।

नेपाली नागरिकता नलिइ राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको मागसहित सर्वोच्चमा रिट निवेदन परेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम