Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुदैँ, कहिले र कहाँ हुदैँ छ त ?



काठमाडौँ । नेपाल टेनिस सङ्घको आयोजनामा जे ६० काठमाडौँ आइटीएफ जुनियर टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट–१ प्रतियोगिा यही माघ १६ गतेदेखि हुने भएको छ ।

यु–१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ आठ तथा गल्र्सतर्फ सात राष्ट्रको सहभागिता रहने आयोजक सङ्घका सदस्यसमेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए ।

ब्वाइज र गर्ल्स दुवैमा समान ६४–६४ खेलाडी रहेकाले दुवै समूहमा समान ३२–३२ खेलाडीको ‘मेन ड्र’ का लागि शनिबार र आइतबार छनोट खेल खेलाइने छ ।

छनोटको ब्वाइजमा नेपालबाट नौ, भियतनाम, चाइनिज ताइपेइ, चीन र दक्षिण कोरियाबाट समान तीन–तीन, अमेरिका र हङकङबाट समान दुई–दुई तथा भारतबाट ३९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

गर्ल्समा नेपालबाट नौ, हङकङ, बेल्जियम, रुस र थाइल्यान्डबाट एक–एक, मङ्गोलियाबाट दुई र भारतबाट ४९ खेलाडी सहभागी हुने छन् । प्रतियोगिताको खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब रु १२ लाख खर्च हुने आयोजकले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम