Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रकाे निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । शुक्रबार बसेकाे स्थायी कमिटी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

‘बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको छ, यो एमालेबिनाको राष्ट्रिय सहमति होइन, एमालेसहितको राष्ट्रिय सहमति हो,’ बैठकपछि महराले सञ्चारकर्मीसँगकाे कुराकानी भनेका छन् ।

सरकार गठन गर्ने बेला गत १० पुसमा राष्ट्रपति एमालेले लिने सहमति भएको थियो । कांग्रेसबाट विश्वासको मत पाएपछि राष्ट्रिय सहमतिमा जोड दिएको माओवादीले एमालेलाई धोका दिएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा महराले एमालेलाई धोका नदिएको र आफूहरूले एमाले बिनाको राष्ट्रिय सहमति नभनेको बताए ।

उनले राष्ट्रपतिको निर्वाचनमा माघ २६ देखि २८ को बीचमा हुने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम