Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

दाेहाेराे अंकले घट्यो सेयर बजार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो लागेर २१६८.५३ विन्दुमा आएर रोकिएको छ ।

२६७ कम्पनीको कारोबार हुँदा ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । यसैगरी ३ अर्बभन्दा बढी रकमको कारोबार भएको छ ।

आईएमई जनरल इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १० करोडको सेयर बिक्री भएको छ। साथै, हिमालय ऊर्जा विकास कम्पनीको ९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

लुम्बीनी जनरल बिमा, बराही हाइड्रोपावर, इस्टर्न हाइड्रो पावर, आदर्श लघुवित्त बित्तीय संस्था र सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

कुल ४८ कम्पनीमा उकलो लागेको छ भने १६१ कम्पनीमा ओरालो लागेको छ । साथै ४ कम्पनी भने स्थिर छ ।

आज १३ उपसूचकहरुमध्ये होटल तथा पर्यटन र लाइफ इन्स्योरेन्स बाहेक सबै कम्पनीमा ओरालो लागेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम