Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

पाकिस्तानमा आइतबार भएको दुई बेग्लाबेग्लै दुर्घटनामा ५१ जनाको मृत्यु



बेला (पाकिस्तान) । पाकिस्तानमा आज भएका दुई बेग्लाबेग्लै यातायात दुर्घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । पश्चिमी पाकिस्तानमा पुलबाट यात्रीबाहक एउटा बस खस्दा ४१ जना र उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा डुङ्गा डुब्दा दश जना विद्यार्थीको ज्यान गएको हो ।

सरकारी अधिकारीहरूका अनुसार बस दुर्घटनामा ज्यान गुमाएका ४० जनाका क्षविक्षत भएका शव दुर्घटनास्थलबाट निकालिएको छ भने डुङ्गा डुब्दा सात देखि १४ वर्षका स्कूले केटाकेटीको मृत्यु भएको छ । दुर्घटनाग्रस्त बसमा ४१ जना यात्री थिए । घाइते भएका दुई जनाको अवस्था गम्भीर छ । बसका चालक निदाएकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । डुङ्गा डुब्दा हराएका नौ जनाको खोजी भइरहेको छ । एघार जनालाई उद्धार गरिएको छ । खोज तथा उद्धार जारी छ । (रासस/एएफपी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम